प्रेस चौतारी अध्यक्षमा पाण्डे, महासचिवमा लामा दोहोरिए, पोखराकी कृपा उपाध्यक्ष
समाधान संवाददाता
२०८१ चैत १० गते २१:३२

पोखरा । नेकपा एमालेनिकट पत्रकारहरूको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा निवर्तमान उपाध्यक्ष गणेश पाण्डेको नाम घोषणा गरिएको छ ।
विराटनगरमा जारी महाधिवेशनका क्रममा निर्वाचन नगरी नयाँ नेतृत्व घोषणा गरिएको हो । चौतारीको महासचिवमा हिरामान लामा दोहोरिएका छन् । उपाध्यक्षमा चेतन अधिकारी आएका छन् । महिला उपाध्यक्षमा नेकपा एकीकृत समाजवादीबाट आएकी कृपा भण्डारीलाई बनाइएको छ । उनी पोखराकी हुन् ।
निवर्तमान अध्यक्ष गणेश बस्नेतले ९९ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेका हुन् । निवर्तमान उपाध्यक्ष राजेश राईले निर्वाचनमा सहभागी नहुने बताएपछि पाण्डेको नेतृत्वमा समिति चयन भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया