राजावादीको आन्दोलनमा पत्रकार मारिएकामा देशभर विरोध

समाधान संवाददाता २०८१ चैत १५ गते १८:१८

पोखरा । राजावादीको आन्दोलनमा पत्रकारको मृत्यु, हातपात र विभिन्न सञ्चार गृहमा भएको आक्रमणको नेपाल पत्रकार महासंघ कास्कीले विरोध गरेको छ ।

Advertisement

काठमाडौँमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकको हिंसात्मक आन्दोलनमा परी एक पत्रकारको मृत्यु भएको थियो भने विभिन्न सञ्चारगृहमा आक्रमण भएको थियो । शुक्रबार भएको घटनाप्रति शनिबार नेपाल पत्रकार महासंघ कास्कीले विरोधसभा गरेको हो ।

प्रदर्शनकारी समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरा पर्सन सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो । केही पत्रकार घाइते भएका छन् भने केही सञ्चार गृहमा तोडफोड भएको छ ।

नेपाल पत्रकार महासंघसहित विभिन्न संघ, संस्थाले सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रता तथा दोषीलाई कडा कारबाहीको माग गरेका छन् । सोही घटनाको विरोधमा महासंघ कास्कीले पोखराको सहिदचोकमा विरोध सभा गरेको हो । सभा अघि महासंघ, कास्कीको कार्यालय परिसरदेखि सहिदचोकसम्म विरोध र्‍याली पनि गरेको छ ।

देशभरका पत्रकारसम्बद्ध विभिन्न संघस, संस्थाले विज्ञप्ति जारी गरी सो घटनाको विरोध गरिरहेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया