मदरल्यान्डमा विद्यार्थी बिदाइ

पोखरा । पोखरा ७ मासबारस्थित मदरल्यान्ड माविले १२ कक्षाका विद्यार्थीलाई शनिबार बिदाइ गरेको छ । १२ कक्षाको अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाइ गरिएको हो ।
विद्यालयका प्लस टु इन्चार्ज नारायण आचार्यले बिदाइ कार्यक्रम उद्घाटन गरेका थिए । विद्यालयका प्राचार्य डा नारायण बरालले मदरल्यान्डमा कम्तीमा २ र्षको अवधि बितेको र त्यो समयले विद्यार्थीको भविश्यको बाटो देखाउने बताए । ‘कतिपय विद्यार्थीले १५ वर्ष त कतिपयले २ वर्ष मदरल्यान्डमा अध्ययन गरेका छन् । अबको परीक्षाले विद्यार्थीको जीवनको बाटो कोर्ने छ,’ बरालले भने, ‘विश्वविद्यालयको ढोका बल्ल खुल्न थालेको हो । विश्वविद्यालयको ढोका खुलेसँगै विद्यार्थीको भविश्यको बाटो पनि तय हुनेछ ।’
विद्यार्थीको भविश्य उज्ज्वल बनाउन विद्यालयले कक्षाकोठामा मात्र पठनपाठन सीमित नराखी ज्ञानको दायरा फराकिलो बनाउँदै बाहिरी ज्ञान दिलाएको पनि प्राचार्य बरालले बताए । ‘विद्यालय शिक्षा बल्ल सकिन थालेको छ । देशका लागि असल र अब्बल नागरिक तयार हुने गरी मेहतन गरेमा सफल भइनेछ,’ बरालले भने ।
विद्यालयका एकेडेमीक डिन प्रेमनारायण पोखरेलले जो कोहीले पनि संघर्ष गर्न सक्ने हो भने जीवन उज्ज्वल हुने बताए । ‘एकाध गल्ती र कमजोरी हुँदैमा जीवनसँग हार खानु हुँदैन,’ उनले भने, ‘कमजोरीलाई सुधारेर अघि बढेमा सफलता हात पर्छ ।’
विद्यालयका निर्देशक डा त्रिभुवन शर्माले केही वर्ष अघिसम्म विद्यालयको अध्ययन पूरा भएपछि विद्यार्थी र विद्यालयबीच सम्बन्ध पनि सकिने गरेकोमा अहिले भने सञ्चार सुविधाका कारण सम्बन्ध रहिरहने बताए । ‘एक महिनापछि परीक्षा छ । तर, अबको चार महिनापछि भविश्य कता जाने भन्ने सुनिश्चित हुनेछ । किन कि आसन्न वार्षिक परीक्षापछि मात्र विश्वविद्यालयको ढोका खुल्नेछ,’ शर्माले भने, ‘विश्वविद्यालयले भविश्यका लागि सक्षम जनशक्ति तयार पार्ने छ ।’
अबको ४ महिना पर्याप्त मेहनत गर्ने हो भने जीवन राम्रो बन्ने शर्माले बताए । विद्यालयले गरेको बिदाइ कार्यक्रममा कक्षा ११ का विद्यार्थीले विभिन्न सांगीतिक कार्यक्रम पनि पस्केका थिए ।
तपाईको प्रतिक्रिया