पोखरा ३२ मा विद्यार्थी, शिक्षक र विव्यस अध्यक्ष सम्मानित

समाधान संवाददाता २०८१ चैत १५ गते १८:४३

लेखनाथ । पोखरा महानगरपालिका वडा नंं ३२ ले वडाभित्र रहेका सामुदायिक विद्यालय र निजी विद्यालयबाट सर्वोकृष्ट बनेका विद्यार्थी, शिक्षक, प्रधानाध्यापक र अध्यक्षहरुलाई सम्मान गरेको छ ।

Advertisement

वडाका विद्यालयका आधाभूत तह र माध्यमिक शिक्षा परीक्षा सर्वोकृष्ट अंक ल्याउने विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई शिक्षा सम्मान गरिएको हो । वडा कार्यालयले एसइई परीक्षा २०८० मा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल प्राविधिकधारतर्फ ब्रहमरुपा मावि, स्माइल स्माइल हेभेन बोर्डिङ स्कुलका विद्यार्थी र शिक्षकलाई सम्मान गरेको छ ।

कुशल प्रशासकबाट सम्मानित हुनेमा ब्रह्मरुपा माविका प्रधानाध्यापक जनार्दन सुवेदी, सर्वोत्कृष्ट व्यवस्थापकमा गोगन माविका अध्यक्ष मेघराज पौडेल छन् । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले शिक्षण सेवामूलक पेशा भएको जनाउँदै विद्यालय सुधार योजना अनुसार शिक्षाको लक्ष्य हाँसिल गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा वडा नंं १३ का शिक्षा समितिका अध्यक्ष नरेन्द्र रेग्मीले वडाभित्रका १३ सामुदायिक र निजी विद्यालयबाट योगदानका आधारमा छनोट गरी सम्मान गरिएको जनाए । उनले वडामा शिक्षा क्षेत्रको बजेट न्यून रहेकाले बढाउन आग्रह गरे । वडाध्यक्ष अक्कलबहादुर कार्कीले प्राविधिक शिक्षा र विज्ञान विषयलाई विशेष प्राथमिकता राखी गुणस्तरीय शिक्षा र व्यवहारिक शिक्षामा जोड दिइएको बताए ।

Advertisement

तपाईको प्रतिक्रिया