प्रतिभामा १२ कक्षाका विद्यार्थीको बिदाइ

पोखरा । पोखराको पालिखेचोक स्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार बिदाइ गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि बिदाइ कार्यक्रम आयोजना गरिएको हो ।
कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको कार्यक्रम विद्यालय सञ्चालक समिति अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए । अध्यक्ष पौडेलले अहिलेका लागि बिदाइ गरिए पनि विद्यार्थीको विद्यालयसँगको सम्बन्ध अटुट रहेको बताए । बिदाइ भई जाने विद्यार्थीलाई शुभकामना दिँदै अध्यक्ष पौडेलले अहिलेको मेहनतले भविश्यमा सफलता हात पर्ने बताए ।
‘अबको केही समय विद्यार्थीले मेहनत गर्ने हो भने त्यसको परिणाम भविश्यमा देखिनेछ,’ उनले भने । विद्यालयका प्राचार्य किरण सापकोटाले एक पटक प्रतिभा माविसँग सम्बन्ध जोडिएपछि विद्यार्थीको प्रतिभासँगको सम्बन्ध सधैका लागि रहिरहने बताए । प्रतिभामा बिताएको २ वर्षको अवधिले विद्यार्थीलाई मात्र नभई विद्यालयलाई पनि ऊर्जा मिलेको उनले बताए ।
‘बिदा भई जाने विद्यार्थीले विद्यालयका लागि कहिल्यै नमेटिने ऊर्जा दिएका छन् । विभिन्न परीक्षा र अतिरिक्त क्रियाकलापमा देखाएको ऊर्जा र हात पारेको उपलब्धीले विद्यालयलाई योगदान पुगेको छ,’ उनले भने, ‘प्रतिभाका लागि मात्र नभई समग्र मुलुकका लागि पनि प्रतिभा तयार भएका छन् ।’ विद्यालयसँगको औपचारिक यात्रा सकिए पनि विद्यालयसँगको निकटता सधैंका लागि रहिरहने प्राचार्य सापकोटाले बताए ।
‘जीवनको जति नै सुधै उचाइँमा पुगे पनि अभिभावक र विद्यार्थीलाई कहिल्यै भुल्नु हुँदैन,’ उनले भने, ‘बिदा भई जाने विद्यार्थी विद्यालयका लागि सम्पत्ति हुने छन् ।’ परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीले थप मेहनत गरेर आगामि दिनमा उत्कृष्ट रिजल्ट पस्केनमा आफू आशावादी रहेको उनले बताए ।
कक्षा ११ का विद्यार्थी विशाल खत्रीले भविश्य उज्ज्वल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताए । १२ का समीर सुवेदीले प्रतिभाले शिक्षामात्र नभई जीवन जिउने कला पनि दिएको बताए । सो अवसरमा कक्षा ११ का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया