बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापन कार्यक्रम

पोखरा ।
सामाजिक विकास कार्यालय कास्कीको आयोजनामा बालमैत्री स्थानीय शासन प्रवद्र्धन तथा व्यवस्थापनसम्बन्धी कार्यक्रम भएको छ । माछापुच्छे गाउँपालिकामा १७ गते र मादी गाउँपालिकामा १८ गते कार्यक्रम भएको हो ।
माछापुच्छे गाउँपालिकाका अध्यक्ष मिनबहादुर पालिका अध्यक्ष गुरुङले बालमैत्री पालिका घोषणाका लागि आवश्यक कार्यहरु अघि बढाइरहेको बताए । सामाजिक विकास कार्यालयको सहयोग अत्यन्त महत्वपूर्ण रहेको उनले धारणा व्यक्त गरे । पालिकाका उपाध्यक्ष सीता अधिकारीले बालमैत्री शासन प्रवद्र्धनका लागि पालिकाले उल्लेखनीय कार्य गरिरहेको भए पनि आवश्यक डकुमेन्टेसन सुधार्नुपर्ने बताइन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गोपिकृष्ण अर्याल, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शाखाका प्रमुखहरु, विद्यालयका शिक्षक, बाल सञ्जालक प्रतिनिधिहरु, वडा सचिवहरु तथा बालबालिकाको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
करिब ६५ जनाको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का प्रदेश समन्वय अधिकृत श्री बद्रीप्रसाद वाग्लेले प्रशिक्षण प्रदान गरेका थिए ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले २०८२ सालभित्र मादी गाउँपालिकालाई बालमैत्री शासन घोषणा गर्ने प्रतिवद्धता व्यक्त गरे । सामाजिक विकास कार्यालय बाट प्राप्त सहयोगले पालिकालाई अझ प्रभावकारी योजनाहरु कार्यान्वयन गर्न सहयोग पुगेको उनले बताए ।
कार्यक्रममा पालिकाका उपाध्यक्ष कल्पना गुरुङ, प्रमुख प्रशासकीय अधिकृत धनेन्द्र भुजेल, शाखा प्रमुखहरु, स्थानीय प्रहरी प्रमुख, विद्यालयका प्रअ, बाल सञ्जाालक प्रतिनिधिहरु तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरु गरी करिब ८० जनाको सहभागिता थियो ।
दुवै कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालय कास्कीका प्रमुख राजेन्द्रप्रसाद पौडेलले गरेका थिए । उनले स्थानीय तहले भौतिक विकाससँगै सामाजिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए । सामाजिक विकास कार्यालय कास्कीले सहयोग, समन्वय र सहकार्य गर्दै जाने प्रतिवद्धता उनले व्यक्त गरे । कार्यक्रम सञ्चालन सामाजिक विकास कार्यालयका अधिकृत ज्ञानेश्वर सुवेदीले गरेका थिए ।
तपाईको प्रतिक्रिया