ग्लोबल बालबाटिका मन्टेसरीमा दीक्षान्त

पोखरा ।
ग्लोबल बालबाटिका मण्टेसरी प्रि–स्कुलबाट ९० जना विद्यार्थीहरू दीक्षित भएका छन् । नवौँ दीक्षान्त समारोहमा यूकेजीको परीक्षा सकेर पास भएका विद्यार्थीहरुलाई दीक्षित गराउने कार्यक्रममा समावेश गरिएको थियो । यूकेजी सन, मुन र स्टारका ३०–३० जनाको सहभागिता थियो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ विद्यालय निरीक्षक कृष्णप्रसाद भण्डारीले कार्यक्रममा पोखरामा करिब ४५३ भन्दा बढी विद्यालय रहेको जानकारी गराए । उनले दीक्षान्त कार्यक्रमले बालबालिकाहरूलाई शिक्षा प्राप्त गर्न विशेष प्रेरणा दिने विश्वास व्यक्त गरे ।
पोखरा प्राज्ञ प्रतिष्ठानका पूर्वकुलपति, ग्लोबल कलेजियट स्कुलका प्रशासनिक उपप्राचार्य तथा ग्लोबल बालबाटिकाका संस्थापक एवं कार्यक्रमका अध्यक्ष पदमराज ढकालले विद्यालयमा हुने क्रियाकलापहरूका लागि आवश्यक सामग्रीहरू शिक्षक, कर्मचारी र विद्यार्थीहरूले नै विद्यालयमा उत्पादन गरेको जानकारी गराए ।
ग्लोबल बालबाटिका मन्टेसरी प्रि–स्कुलकी प्रिन्सिपल बबिता पालिखेले विगतदेखि हालसम्म विद्यालयले गरेका गतिविधिहरु प्रस्तुत गर्नुका साथै नवौँ दीक्षान्त समारोहसम्म आइपुग्दा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरिन् ।
अभिभावकको तर्फबाट इन्जिनियर प्रवीण नेपालीले ग्लोबलसँग १६ वर्षको अनुभव रहेको बताए । कार्यक्रमले बालबालिकामा थप प्रेरणा दिएको ज्योति परियारले बताइन् । कार्यक्रममा विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिहरू पनि समावेश गरिएको थियो ।
कार्यक्रमको सञ्चालन मन्टेसरीका शिक्षकहरु वसन्ती बस्नेत, लालमाया गुरुङ र जेनिता राईले गरेका थिए । प्रिन्सिपल बबिता पालिखेले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन् । संस्थापक पदमराज ढकालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
तपाईको प्रतिक्रिया