नेसनल क्रिएसनमा दीक्षान्त

समाधान संवाददाता २०८१ चैत १९ गते १४:५३

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ८ नागढुंगास्थित नेशनल क्रिएसन एकेडेमीले युकेजीमा अध्ययनरत ५५ जना विद्यार्थीलाई दीक्षित गरेको छ । विद्यालयले दीक्षान्त समारोह, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी यूकेजीका विद्यार्थीलाई दीक्षित गरेको हो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपालबहादुर थापा, संस्थापक प्राचार्य ज्ञानेन्द्रबहादुर थापा, संस्थापक प्रशासक विक्रम थापा र सीसीए इन्चार्ज सुदामा रेग्मीले विद्यार्थीलाई दीक्षित गरेका हुन् ।

Advertisement

उक्त अवसरमा विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट, विभिन्न गतिविधिका साथै खेलकुदमा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । उक्त अवसरमा विद्यार्थीले गीत, नृत्यलगायतका विभिन्न सांगीतिक र मनोरञ्जनात्मक प्रस्तुति राखेका थिए । कार्यक्रम उद्घानपछि विद्यालय व्यवस्थापन समिति अध्यक्ष थापाले पुरस्कारले विद्यार्थीलाई थप हौसला प्रदान गर्ने र यसले विद्यार्थीको अध्ययनमा सघाउने बताए ।

कार्यक्रममा स्वागत प्रशासक विक्रम थापाले गरेका थिए भने सञ्चालन सिसिए इन्चार्ज सुदामा रेग्मीले गरेका थिए । नेशनल क्रिएशन एकेडेमी १८ वर्षअघि स्थापना भएको हो । विद्यालयमा कक्षा १२ सम्मको पढाइ हुँदै आएको छ । विद्यालयमा ४५० विद्यार्थी छन् ।

तपाईको प्रतिक्रिया