गौरीशंकर क्याम्पसमा अन्तर्क्रिया

पोखरा । गौरीशंकर बहुमुखी क्याम्पस पोखरा २५ हेमजामा गठित गौरीशंकर बहुमुखी क्याम्पस विद्यार्थी कल्याणकारी समितिले क्याम्पसको शैक्षिक उन्नयनका लागि अन्तक्र्रिया आयोजना गरेको छ ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष देवकृष्ण पौडेलले क्याम्पस स्थापना काल २०४८ देखि हालसम्मको भौतिक पक्षको जानकारी गराए । उनले क्याम्पसको चौतर्फी विकासका लागि वर्तमान सञ्चालक समितिले योजनावद्ध प्रयास गरिरहेको जनाए ।
क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल क्याम्पसको शैक्षिक गुणस्तर वृद्धि एवं विधार्थी संख्या वृद्धिका लागि क्याम्पस प्रशासन, सबै प्राध्यापक र शुभेच्छुकसमेत लागिपरेको उल्लेख गरे ।विद्यार्थी कल्याणकारी समिति अध्यक्ष सुगम ढुंगानाले भर्खरमात्र स्थापित समिति विद्यार्थीको साझा संस्था भएको र विद्यार्थी वर्गको व्यक्तित्व विकासका लागि सर्वदा क्रियाशील बन्ने वाचा गरे ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति सदस्य कृष्णबहादुर कुँवर, मित्रलाल त्रिपाठी, कृष्णकुमारी दवाडी, सहायक प्राध्यापक शिवनाथ गौतम, अतिरिक्त क्रियाकलाप प्रमुख राजाराम पोखरेल, विद्यार्थी निर्मला पोखरेल, धनदेवी जिसी, तिर्सना घर्ती मगरले लगायतले क्याम्पसको शैक्षिक, भौतिक, प्रशासनिक क्षेत्रसँग सम्बन्धित विषयमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया