उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबारे पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन

समाधान संवाददाता २०८१ चैत २० गते १४:००

पोखरा । उच्च शिक्षा, दीगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासका विषयमा केन्द्रित रही यही चैत १५ र १६ गते पोखरामा अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।

Advertisement

त्रिभुवन विश्वविद्यालय अन्तर्गत कालिका मल्टिपल क्याम्पस, काजीपोखरी, पोखराको आयोजनामा तथा ओटीएस एकेडेमी, युकेको सह–आयोजनामा सम्पन्न उक्त सम्मेलन विश्वविद्यालय अनुदान आयोग नेपाल तथा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालय, पोखरा महानगरपालिका र केसी समूहको सहयोगमा गरिएको हो ।
होटल बाराहीमा गरिएको सम्मेलनको उद्घाटन विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्राडा देवराज अधिकारीले गरेका थिए ।

कालिका मल्टिपल क्याम्पस व्यवस्थापन समिति अध्यक्ष किरण केसीको अध्यक्षता एवम् क्याम्पस प्रमुख सहप्राध्यापक विरञ्जी गौतमले स्वागत गरेको कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राडा महानन्द चालिसे, ओटीएस एकेडेमी युकेकी अध्यक्ष प्राडा इयुजेनियाविकेन्स, जापानको निहोन विश्वविद्यालयका प्राडा नुबुयुकी टोकुरो, पर्यटनविद् प्राडा रमेशराज कुँवर लगायतले बोलेका थिए ।

दुई दिनसम्म चलेको सम्मेलनको पहिलो दिन प्राडा महानन्द चालिसेले ‘उच्च शिक्षामा नवप्रवर्तन र हालका प्रवृत्ति’ विषयमा, प्राडा इयुजेनियाविकेन्सले ‘पर्यटन र स्थिरता’ विषयमा तथा एसोसिएट प्रा. डा. एन सुवारी एस्टनले ‘आध्यात्मिक पर्यटन’ विषयमा प्रस्तुति दिए । त्यस्तै ‘नेपालमा दिगो पर्यटन विकासका सम्भावना’ विषयमा आयोजित प्यानल छलफलमा पर्यटनविद् प्राडा रमेशराज कुँवर, प्राडा देवराज अधिकारी, असिस्टेन्ट प्राडा माइकल अपोलो, डा. कृष्णचन्द्र देवकोटा र वरिष्ठ पर्यटन व्यवसायी गणेश भट्टराई सहभागी थिए ।

कार्यपत्र प्रस्तुति सत्रमा नेपाल र विदेशका अनुसन्धानकर्ताहरूले आफ्ना अनुसन्धानहरू प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका कार्यपत्रहरूमा हरित पर्यटन, धार्मिक पर्यटनको आर्थिक प्रभाव, उच्च शिक्षाको दिगो पर्यटन प्रवद्र्धनमा भूमिका, जलवायु परिवर्तन र पर्यटन विकास, डिजिटल प्रविधिको प्रभाव, भाषाशिक्षाको नवप्रवर्तन जस्ता विषयहरू समेटिएका थिए ।

Advertisement

दोस्रो दिन जापानको निहोन विश्वविद्यालयका प्रा. डा. नुबुयुकी टोकुरोले ‘सह–निर्माणबाट नवप्रवर्तन’ विषयमा अमेरिका स्थित येल विश्वविद्यालयका असिस्टेन्ट प्रा. डा. माईकलअपोलोले ‘जलवायु प्रव्रजनकालागि पर्यटन कत्तिको तयार छ?’ भन्ने विषयमा विचार व्यक्त गरे । तत्पश्चात आयोजित प्यानल छलफलमा प्रा. डा. देवराज काफ्ले, प्रा. डा. इयुजेनीयविकेन्स, प्रा. डा. लेखनाथ भट्टराई, सह–प्रा. डा. अन्ना सुवारी एस्टन ‘उच्चशिक्षा र आर्थिक विकास’ विषयमा आफ्ना विचार राखे ।

सम्मेलनको अन्तिम सत्रमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागिहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । कालिका मल्टिपल क्याम्पसका प्रमुख विरञ्जी गौतमले सम्मेलन सफलताका लागि सबैलाई धन्यवाद व्यक्त गरे ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष किरण केसीले सम्मेलनले नेपालमा उच्च शिक्षाको विकास, दिगो पर्यटन प्रवद्र्धन र नवप्रवर्तनका लागि नयाँ सम्भावनाहरू खोलेको उल्लेख गरे । कार्यक्रमको सञ्चालन उप–प्राध्यापक दीपेन्द्र पहारीले गरेका थिए ।

सम्मेलनले उच्चशिक्षा, दिगो पर्यटन, नवप्रवर्तन र आर्थिक विकासबीचको अन्तरसम्बन्धलाई उजागर गर्दै अनुसन्धानकर्ताहरू, प्राध्यापकहरू, नीतिनिर्माताहरू र पर्यटन व्यवसायीहरूलाई महत्वपूर्ण मञ्चप्रदान गरेको छ । सम्मेलनबाट प्राप्त निष्कर्ष तथा सुझावहरूले नेपालमा दिगो पर्यटन तथा उच्च शिक्षाको स्तर वृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गरिएको छ ।

तपाईको प्रतिक्रिया