मन्त्री पौडेल र माल्दिभ्सकी मन्त्री खादिजाबीच भेटघाट   

समाधान संवाददाता २०८१ चैत २७ गते ६:१९

वासिङटन डिसी । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सकी स्वास्थ्य राज्यमन्त्री खादिजा अब्दुल समाद अब्दुल्लाहबीच न्युयोर्कमा भेटघाट भएको छ ।    
    
संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा जनसङ्ख्या तथा विकास आयोगको ५८औँ सम्मेलनमा भाग लिन आउनुभएका मन्त्री पौडेलले ‘साइडलाइन’ भेटघाट गर्दै आउनुभएको छ ।    
    
न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपाली नियोगले दिएको जानकारीअनुसार उहाँहरूबीच स्वास्थ्य क्षेत्रमा सहकार्य गर्नेलगायत विषयमा छलफल भएको थियो ।  रासस

Advertisement

तपाईको प्रतिक्रिया