माउन्ट अन्नपूर्ण माविमा बिदाइ

समाधान संवाददाता २०८१ चैत २७ गते १२:१४

पोखरा ।
पोखराको नदीपुरमा रहेको माउन्ट अन्नपूर्ण माविका कक्षा १२ मा होटल म्यानेजमेन्ट तथा म्यानेजमेन्टका विद्यार्थीलाई बुधबार बिदाइ गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीलाई बिदाइ गरिएको हो ।

Advertisement


कक्षा ११ का विद्यार्थी र विद्यालयको संयोजनमा भएको कार्यक्रममा विद्यालय सञ्चालक समिति अध्यक्ष सुरजप्रकाश प्रधानांगले विद्यार्थी बिदा भएर गए पनि उनीहरु विद्यालयकै हिस्सा गरिरहने जनाए । उनले आगामी दिनमा पनि विद्यार्थीसगँ सहकार्य हुने अपेक्षा गरे ।


विद्यालयका प्राचार्य सइन्द्र श्रेष्ठले म्यानेजमेन्ट र होटल म्यानेजमेन्ट दुबै व्यवहारिक विषय भएकाले यसैको जगमा उभिएर स्वरोजगार बन्न सक्ने शैक्षिक मार्ग रोज्नुपर्ने सुझाव दिए । विद्यालयका अतिरिक्त क्रियाकलाप निर्देशक तेजबहादुर गुरुङले विद्यार्थीले गरेको सामाजिक काम, अतिरिक्त क्रियाकलापमा देखाएको ऊर्जा र हात पारेको उपलब्धिले विद्यालयलाई ठूलो योगदान पुगेको सुनाए ।


कक्षा ११ की विद्यार्थीे एड्रिना गुरुङले भविश्य उज्ज्वल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने जनाइन् । कार्यक्रममा विद्यालयका अध्यक्ष प्रधानांग, प्राचार्य श्रेष्ठ, अतिरिक्त क्रियाकलाप निर्देशक गुरुङ, एकेडेमिक डाइरेक्टर अशोककुमार शाही, पूर्व अध्यक्ष चिजकाजी गुरुङ, प्रशासक चित्र गुरुङ लगायतले विद्यार्थीलाई बिदाइ गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया