वन्डरल्यान्ड मन्टेसरीमा दीक्षान्त

पोखरा ।
पोखराको जरेबरस्थित वन्डरल्यान्ड मन्टेसरीमा बिहीबार दीक्षान्त समारोह भएको छ । खेल मार्फत जीवनपयोगी बालशिक्षा भन्ने नाराका साथ भएका कार्यक्रममा बालबालिकाहरुको शैक्षिक उपलब्धिका आधारमा स्तरोन्नति गराइएको मन्टेसरीका व्यवस्थापक मुक्तिराज रेग्मीले जानकारी दिए ।
कार्यक्रममा वन्डरल्यान्ड मन्टेसरीका सिकाईका दश क्षेत्रहरुमा छलफल गरिएको थियो । वर्षभरि गरिएका मुख्य गतिविधि, प्रयोगात्मक कामहरु पनि प्रस्तुत गरिएको थियो । पाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमका क्रियाकलाप विद्यार्थी, शिक्षकहरुले प्रस्तुत गरेका थिए ।
बालबालिकाहरुले बोल्ने कलासमेत त्यस अवसरमा प्रस्तुत गरे । सिकाइका लागि जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था नै पूर्व वाल्यावस्थ हुने रेग्मीले विचार व्यक्त गरे । बालबालिकामा शारीरिक, मानसिक, संवेगात्मक, शैक्षिक र समाजिक विकासमा सन्तुलन कायम गर्दै उनीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटित विद्यालयले गर्दै आएको उनकाे भनाइ छ ।
कार्यक्रमका अध्यक्ष राजेन्द्र राज रेग्मीले बालबालिकाको खेल र गतिविधि मार्फत सिक्ने, वैकल्पिक अवधारण अनुसार प्राकृतिक मैत्री वातावरणमा सिकाइने सम्भवत पहिलो विद्यालय वन्डरल्यान्ड मन्टेसोरी रहेको बताए ।
कार्यक्रममा प्याब्सन गण्डकीका पूर्व अध्यक्ष माधवशरण उपाध्यायले बालबालिकाको विषयमा सबै अभिभावकले गम्भीर रुपमा सोच्नुपर्ने उल्लेख गरे । बालबालिकाको चाहाना अनुसार सिकाई र व्यवहारिक शिक्षा दिनु पर्नेमा पनि उनले जोड दिए । वन्डरल्यान्ड यसैलाई आधार मानेर अघि बढेकोमा खुशीलागेको पनि बताए ।
सिरोज विजय कोइरालाले प्रारम्भिक शिक्षा हाम्रो गुरुकुल र आधुनिक शिक्षामा आधारित रहेर अघि बढ्नुपर्नेमा जोड दिए । बालरोग विशेषज्ञ डा यज्ञराज सिग्देल बालशिक्षा, बालस्वास्थ्य र वन्डरल्यान्ड स्कूलका गतिविधिका विषयमा बोलेका थिए ।
ब्रिटिस स्कूल काठमाडौंकी पूर्व शिक्षिका संगिता क्षेत्रीले अभिभाकत्व, प्रारम्भिक शिक्षा, अटिजम र एडिएचडि भएका बच्चाहरुलाई गर्ने व्यहारका बारेमा आप्ना अनुभव राखेकी थिइन् । सितलादेवी उच्च मावि अभिभावक महासंघका अध्यक्ष नरेन्द्र आचार्यले विद्याथलयका गतिविधिका बारेमा आफ्ना बिचार राखेका थिए ।
अभिभावकका तर्फबाट बेलायति नागरिक ज्याक टुनरले आफू विद्यालय जाँदाको अनुभव र आप्नो छोरा विद्यालय जाँदाको रमाइलो अनुभव सुनाएका थिए । कार्यक्रममा अभिभावक कविर विकले सांगितिक प्रस्तुती दिदा साना नानीबाबु, अभिभावक, शिक्षक र अतिथिहरुमा खुशियाली माहोल छाएको थियो ।
अभिभावक समिला ओली, अतिथि तथा अभिभावक लोकचन्द्र खनाल, अभिभावक सुरज थापा, अभिभावक विष्णु भण्डारी बोगटी लगायतले बोलेका थिए । कार्यक्रममा शिक्षक र विद्यार्थीले नृत्य, संस्कृतका मन्त्र, अंग्रेजी कविता, बाल नाटक प्रस्तुत भएका थिए ।
तपाईको प्रतिक्रिया