एकता स्कुलको अभिभावक दिवस

समाधान संवाददाता २०८१ चैत २८ गते १८:१९

पोखरा । पोखरा ५ मा रहेको एकता आवासीय माध्यमिक विद्यालयको २१ औं वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह बिहीबार भएको छ । कार्यक्रममा गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका महानिर्देशक घनश्याम पौडेलले शिक्षाले समाजमा उन्नत, आधुनिक चेतना, सीप र रोजगारी सृजना गर्नुपर्ने बताए ।

Advertisement

शिक्षाका क्षेत्रमा सरकारले गर्न नसकेका र समाजले आवश्यक ठानेको आधुनिक सेवा, सुविधासहित ज्ञान, प्रविधिको शिक्षा निजी विद्यालयले दिइरहेको उनले बताए । पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालले समाजमा सबै विकासको जग शिक्षा भएकाले देशलाई समृद र विकसित बनाउन गुणस्तरीय शिक्षामा जोड दियएको जनाए ।

राष्ट्रिय परोपकार महासंघ नेपालका अध्यक्ष कमलनयन गौतमले शिक्षाले मानिसलाई साक्षर बनाउनेमात्र नभई नैतिकवान, बौद्धिक, परिश्रमी तथा विज्ञ बनाउने धारणा राखे । विद्यालय सञ्चालक समिति अध्यक्ष ईन्द्रमान खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा समाजसेवी हेरम्बराज कोइराला, युनिप्स नेपालका केन्द्रीय अध्यक्ष विश्वराज खनाल, विद्यालयकी निर्देशक इजिना केसी लगायतले बोलेका थिए ।

समारोहमा विद्यालय सेवामा ७ देखि २० वर्षसम्म सेवा गरेका शिक्षक, कर्मचारीलाई नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको थियो । यसैगरी, विविध क्रियाकलापमा उत्कृष्टता हाँसिल गरेका विद्यार्थीहरू पनि कार्यक्रममा पुरस्कृत भए । वार्षिकोत्सवमा विद्यार्थीहरुले विविध सांस्कृतिक प्रस्तुति राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया