वन्डरल्यान्ड मन्टेसरीको दीक्षान्त

पोखरा । पोखराको जरेबर स्थित वन्डरल्यान्ड मन्टेसोरीमा बिहीबार दीक्षान्त समारोह भएको छ । खेलमार्फत जीवनपयोगी बालशिक्षा भन्ने नाराका साथ भएका कार्यक्रममा बालबालिकाको शैक्षिक उपलब्धिका आधारमा स्तरोन्नति गराइएको मन्टेसरीका व्यवस्थापक मुक्तिराज रेग्मीले बताए ।
कार्यक्रममा वन्डरल्यान्ड मन्टेसरीका सिकाईका दश क्षेत्रहरुमा छलफल गरिएको थियो । वर्षभरि गरिएका मुख्य गतिविधि, प्रयोगात्मक काम पनि प्रस्तुत गरिएको थियो । यसैगरी पाठ्यक्रम र अतिरिक्त पाठ्यक्रमका क्रियाकलाप विद्यार्थी, शिक्षकले प्रस्तुति गरेका थिए ।
बालबालिकाले बोल्ने कलासमेत त्यस अवसरमा प्रस्तुत गरे । व्यवस्थापक रेग्मीले विद्यालयमा पूर्वबाल्यावस्थाका बालबालिका आउने गरेको बताए । सिकाइका लागि जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था नै पूर्वबाल्यावस्था हुने विचार उनले व्यक्त गरे । बालबालिकामा शारीरिक, मानसिक, संवेगात्मक, शैक्षिक र समाजिक विकासमा सन्तुलन कायम गर्दै उनीहरुमा रहेको अन्तर्निहित प्रतिभालाई प्रस्फुटित विद्यालयले गर्दै आएको पनि उनले बताए ।
कार्यक्रमका अध्यक्ष राजेन्द्रराज रेग्मीले बालबालिकाको खेल र गतिविधिमार्फत सिक्ने, वैकल्पिक अवधारण अनुसार प्राकृतिक मैत्री वातावरणमा सिकाइने सम्भवत पहिलो विद्यालय वन्डरल्यान्ड मन्टेसोरी रहेको बताए । प्याब्सन गण्डकीका पूर्वअध्यक्ष माधवशरण उपाध्यायले बालबालिकाको विषयमा सबै अभिभावकले गम्भीर रुपमा सोच्नुपर्ने उल्लेख गरे । बालबालिकाको चाहाना अनुसार सिकाई र व्यवहारिक शिक्षा दिनुपर्नेमा पनि उनले जोड दिए ।
कार्यक्रममा सिरोजविजय कोइरालाले प्रारम्भिक शिक्षा हाम्रो गुरुकुल र आधुनिक शिक्षामा आधारित रहेर अघि बढ्नुपर्नेमा जोड दिए । बालरोग विशेषज्ञ डा यज्ञराज सिग्देलले बालशिक्षा, बालस्वास्थ्य र वन्डरल्यान्ड स्कूलका गतिविधिका विषयमा बोलेका थिए ।
ब्रिटिस स्कुल काठमाडौंकी पूर्वशिक्षक संगिता क्षेत्रीले अभिभाकत्व, प्रारम्भिक शिक्षा, अटिजम र एडिएचडी भएका बच्चाहरुलाई गर्ने व्यहारका बारेमा आप्ना अनुभव राखेकी थिइन् । सितलादेवी मावि अभिभावक महासंघका अध्यक्ष नरेन्द्र आचार्यले विद्याथलयका गतिविधिकाबारे धारणा राखेका थिए ।
अभिभावकको तर्फबाट बेलायति नागरिक ज्याक टुनरले आफू विद्यालय जाँदाको अनुभव र आप्नो छोरा विद्यालय जाँदाको रमाइलो अनुभव सुनाएका थिए । अभिभावक समिला ओली, अभिभावकहरु लोकचन्द्र खनाल, सुरज थापा, विष्णु भण्डारी बोगटी लगायतले कार्यक्रममा बोलेका थिए ।
तपाईको प्रतिक्रिया