पूर्व राजालाई संसदीय समितिमा बोलाउन मिल्दैन वरिष्ठ अधिवक्ता : भट्टराई

पोखरा । चैत १५ को तीनकुने घटना पूर्व राजाको उक्साहटमा भएको भन्दै उनलाई संसदीय समितिमा बोलाउनुका साथै कारवाहीको दायरा ल्याउनुपर्ने आवाज सुनिन थालेको छ । शुक्रबार गृहमन्त्री रमेश लेखकको उपस्थितिमा भएको संसदीय समितको बैठकमा कांग्रेस र एमालेका सांसदहरुले पूर्व राजालाई समितिमै बोलाएर प्रश्न गर्नुपर्ने सुझाव पनि दिए ।
राजनीतिक पार्टीका कार्यकर्ताहरुले एरेस्ट ज्ञानेन्द्र भनेर सामाजिक सञ्जालमा ह्यासट्याग अभियान नै चलाए । उनका पक्ष विपक्षामा आएका मतले अहिले बजार तताएको छ ।
यसै सन्दर्भमा वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले भने संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा त्यसो गर्न नमिल्ने बताएका छन् ।
हिजोको संसदीय समितिमा गत चैत्र १५ गते राजावादीले मच्याएको अमानवीय वितण्डा बारेमा ज्ञानेन्द्र शाहलाई बोलाउनु पर्ने विषयमा भएको छ्लफल र माननीय जीवन परियार लगायतले राख्नु भएको मतको सम्मान गर्नु पर्दछ ।
पूर्व राजाको कानुनी हैसियत केवल एक नागरिक सरह भएकोले त्यो विषयमा संसदीय समितिले उनलाई सिधै बोलाउन सक्ने कुरा छलफल योग्य नै हो तर मेरो विचारमा संसदीय अभ्यास र मूल्य मान्यताका आधारमा त्यसो गर्न मिल्दैन किन
१. उनी केवल नागरिक हुन्, संसद नागरिकप्रति उत्तरदायी हुन्छ र सरकार जनताप्रति जवाफदेही हुन्छ।
२. संसदले कार्यकारी अधिकार नभएको एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन त्यसो गरिएमा स्वयं संसदीय गरिमाको मूल्य मान्यतामा प्रश्न उठ्छ।
३. कार्यकारी अधिकार सरकारमा भएको हुनाले त्यो वितण्डामा पूर्व राजाको संलग्नताको मात्रा अनुसार करबाही गर्ने दायित्व सरकारको हो।
किन कारबाही भएन बनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्ले जवाफदेही बनाउन सक्छ तर एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन । त्यसको एउटा अपबाद छ संसदको विशेषाधिकार हनन भएको र महाअभियोगको प्रस्न उठेको अवस्थामा भने संसदले सर्वसाधारण नागरिकलाई पनि झिकाउन सक्छ।
४. पूर्व राजालाई संसदमा बोलाउने कुराले उनैको महत्व र गरिमा बढ्ने र उनी कार्याकारी अधिकार प्राप्त व्यक्ति हुन भन्ने सन्देश सम्प्रेषण हुन्छ र यसले संसदीय ब्यवस्थाको मूल्य मान्यतामा समेत ह्रास आउँछ।
तसर्थ उनलाई होइन यो प्रकरणमा सरकारले उनलाई अहिलेसम्म किन कारवाही नगरेको भनेर सरकारलाई जवाफदेही बनाऔं ।
संसदीय समितिमा त्यो विषय उठाउने माननीय जीवन परियारलाई त्यो समाचार प्रकाशित गर्ने सेतोपाटी अनलाइनको समाचारमा टिप्पणि गर्ने क्रममा जे जस्तो निम्नस्तरको गाली गलौज गरिएको छ त्यो निन्दनीय र खेदजनक छ । त्यस्तो गाली गलौजमा संग्नलाई भने संसदीय समितिले आफै छानबिन गरी आफै दण्ड जरिवाना गर्न वा सरकारलाई निर्देशन दिन सक्छ।
आजै बिहान माननीय जीवन परियारसँग हामी भुइँ मान्छेको शनिबारे भेट हुने सर्वहारा चिया पसलमा भेट भयो र यो विषयमा विस्तृत कुराकानी पनि भएको छ। यो बहसमा सबैलाई स्वागत छ।
तपाईको प्रतिक्रिया