नदीपुरमा खुल्यो कानुङ क्याफे

पोखरा । पोखरा महानगरपालिका ३ नदीपुरमा ५० लाख लगानी ‘कानुङ क्याफे एण्ड कफी सप’ सञ्चालनमा आएको छ । पोखरा ३ का वडा सदस्यसमेत रहेका युवा व्यवसायी नवीन आले मगरले नव वर्षको अवसर पारेर सोमबारदेखि क्याफे सञ्चालनमा ल्याएका हुन् ।
तुलसीदेवी आले र लालबहादुर आलेमगरले क्याफे सुरुआत गरे । क्याफेमा नयाँवर्ष तथा उद्घाटन अफर अन्तर्गत१५ गतेसम्म कफी तथा हरेक परिकारमा १० प्रतिशत छुट प्रदान गरिने सञ्चालक आलेमगरले बताए ।
स्वदेशमै स्वरोजगारको सिर्जना गर्न र पारिवारिकमैत्री सेवा दिने उद्देश्यले क्याफे सञ्चालनमा ल्याएको उनले सुनाए । यहाँ अहिले ७ जना कर्मचारी छन् । ‘अहिले युवा देश छाडेर विदेश पलायन हुने अवस्था छ । तर मैले यही केही गर्नुपर्छ भनेर क्याफे सञ्चालनमा ल्याएको हुँ,’ उनले भने ।
उनले मगर जातिको भाषा तथा संस्कृतिको जगेर्ना गर्ने लक्ष्यसहित मगर भाषामा क्याफेको नामाकरण गरिएको बताए । ‘मगर भाषामा ‘कानुङ’ भन्नाले नेपालीमा ‘हाम्रो’ भन्ने अर्थ लाग्छ ।
तपाईको प्रतिक्रिया