कक्षा १२ को परीक्षा बहिष्कार गर्ने शिक्षक महासंघको निर्णय, विद्यालय पनि बन्द हुने

समाधान संवाददाता २०८२ वैशाख १ गते १९:२५

पोखरा । नेपाल शिक्षक महासंघले कक्षा १२ को परीक्षा बहिष्कार गर्ने निर्णय गरेको छ । सोमबार बसेको महासंघको बैठकले कुनै पनि शिक्षक वा कर्मचारी परीक्षा सञ्चालनमा सहभागी नहुने निर्णय गरेको अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

Advertisement

‘कक्षा १२ को परीक्षामा कोही पनि शिक्षक कर्मचारी सहभागी नहुने निर्णय गरेका छौं,’ सुवेदीले भने ।

११ वैशाखदेखि कक्षा १२ को परीक्षा सुरु हुँदैछ भने नयाँ शैक्षिक सत्र पनि आरम्भ भइसकेको छ । सरकारले भर्ना अभियानसमेत घोषणा गरेको छ । तर महासंघले विद्यालय बन्द गर्ने निर्णय लिएको छ ।

‘स्कुल बन्द गर्ने निर्णय गरेका छौं,’ अध्यक्ष सुवेदीले बताए । विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने मागसहित महासंघको नेतृत्वमा २० चैतदेखि शिक्षकहरू सडक आन्दोलनमा उत्रिरहेका छन् । महासंघले शैक्षिक हड्तालसमेत घोषणा गरिसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया