शिक्षाको गुणस्तर सुधारका लागि कोरियामा बस्ने नेपालीबाट आर्थिक सहयोग

समाधान संवाददाता २०८२ वैशाख ३ गते ६:४२

स्याङ्जा । स्याङ्जामा रहेका सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि कोरियामा रहेका नेपालीहरुले झण्डै १४ लाख सहयोग गरेका छन् ।

Advertisement

स्याङ\जा परिवार किम्हे बुसान शाखाले जिल्लाका १६ विद्यालयलाई १ करोड ४० लाख वन अर्थात् नेपाली १३ लाख ५० हजार रुपिँया बराबरको आर्थिक सहयोग गरेको शाखा अध्यक्ष आशिष रानाभाटले जानकारी दिए । उनका अनुसार कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर आयोजना गरिएको ‘स्याङ्जा बुसान साङ्गीतिक धमाका’ मा सङ्कलन भएको रकम बचाएर विद्यालयहरूलाई सहयोग गरिएको अध्यक्ष रानाभाटको भनाइ छ । “परदेशीको हातेमालो, ग्रामीण शिक्षामा उज्यालो” भन्ने नाराका साथ अभियान चलाइएको उनको भनाइ छ ।

सामुदायिक विद्यालयको शिक्षाको गुणस्तर सुधारका लागि सहयोग पुगोस् भनेर नै अभियान चलाइएको कार्यक्रम संयोजक कमल अर्यालले जानकारी दिए । उनले भने, “आथिक सहयोग प्राप्त गर्ने विद्यालयले आफ्नो शैक्षिक तथा विद्यालयको भौतिक स्थितिको सुधार गर्न सफल हुने छन् ।” रकमको सदुपयोगिताको आधारमा आगामी दिनमा पनि विद्यालयहरूलाई सहयोग गरिने उनको भनाइ छ ।

विद्यालयको आवश्यक्ताका आधारमा रकम सहयोग गरिएको शाखाका संस्थापक अध्यक्ष राजेन्द्रप्रसाद लामिछानेले जानकारी दिए । आफूहरूले पठाएको रकम कसरी सदुपयोग भइरहेको छ भन्नेमा जानकारी लिने गरेको लामिछानेको भनाइ छ । रोजगारीका शिलशिलामा विदेशमा रहनु परे पनि आफ्नो जिम्मवारी पूरा गर्ने प्रयास गरिरहेको उनको भनाइ छ ।

कुन विद्यालयललाई कति सहयोग

Advertisement

शाखाले अर्जुनचौपारी गाउँपालिका–१ को सरस्वती आधारभूत विद्यालय, अर्जुनचौपारी–४ को जनमावि, गल्याङ नगरपालिका–७ को राष्ट्रिय मावि, गल्याङ–९ को ज्ञानोदय मावि र फेदिखोलाको भद्रनारायण आधारभूत विद्यालयलाई समान एक लाख ३० हजारका दरले रकम सहयोग गरेको हो ।

यस्तै आँधीखोला गाउँपालिका–३ को राष्ट्रिय माविलाई एक लाख २० हजार, वालिङ–४ को जेठीकन्या मावि, वालिङ–५ का कालिका आधारभूत विद्यालय तथा कन्या आधारभूत विद्यालय, आधीखोला–१ को जनहित मावि र चापाकोटको राधा दामोदर ज्ञान ज्योति संस्कृत माविलाई ७० हजारका दरले प्रदा नगरिएको शाखाका संरक्षक सागर पोख्रेले जानकारी दिए ।  

यसैगरी हरिनास–२ को महिमा मावि, बिरुवा–४ को भविष्य निर्माण मावि, पुतलीबजार नगरपालिका–११ को विश्व शान्ति आधारभूत विद्यालय र कालीगण्डकी–६ को बाल ज्योति आधारभूत विद्यालयलाई ५० हजारका दरले सहयोग प्रदान गरिएको छ । यस्तै चापाकोट–१ को भानुमाविलाई ३० हजार प्रदान गरिएको छ ।

तपाईको प्रतिक्रिया