नेपाल प्रहरीका ६ डिआइजी एआइजीमा बढुवा सिफारिस

समाधान संवाददाता २०८२ वैशाख ४ गते १७:३७

पोखरा । नेपाल प्रहरीका ६ जना नायव महानिरीक्षक (डिआइजी) अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा सिफारिस भएका छन्।

Advertisement

गृह मन्त्रालयका सचिव नेतृत्वको बढुवा समितिको बिहीबार बसेको बैठकले प्रहरीको जनपद समूहतर्फका ६ जना डीआईजीलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा सिफारिस हुनेमा चन्द्रकुवेर खापुङ, लालमणि आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोजकुमार केसी छन्।

खापुङ अहिले केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा कार्यरत छन् । उता आचार्य मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख छन् । पोखरेल बागमती प्रदेश कार्यालय हेटौंडामा कार्यरत छन् ।

कार्की लुम्बिनी प्रदेश कार्यालय तुलसीपुरमा कार्यरत छन् । अधिकारी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र केसी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महारागञ्जमा कार्यरत छन् ।

Advertisement

तपाईको प्रतिक्रिया