लोक संस्कृतिको जगेर्ना आवश्यक

समाधान संवाददाता २०८२ वैशाख ५ गते १६:०१

पोखरा ।
नयाँ वर्ष २०८२को अवसरमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल कास्कीले बिहीबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । कार्यक्रममा नयाँ वर्ष २०८२को भित्तेपात्रो समेत सार्वजनिक गरिएको छ ।

Advertisement


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष प्रजापति पराजुलीले लोक संस्कृतिको जगेर्ना र प्रतिष्ठानको संस्थागत विकासमा सबै कलाकार एकजुट हुनु पर्ने बताए । उनले प्रकाशित कृति तथा सिर्जनालाई बेचेर दोहोरीगीत प्रतियोगिता गरेर प्रतिष्ठानको उचाई बढाउने काम गरेको दाबी गरे ।

‘विदेशमा गएर जेकाम पनी गर्ने, आफ्नो गाउँको उत्पादन बेच्न गाह्रो मान्ने परिपाटी छ,’उनले भने, ‘कलाकारले धेरै भन्दा धेरै सिर्जना गरेर बेच्न पर्छ ।’ उनले निर्वाचनको वेलामा पदको लागि तछाड मछाड गर्ने बैठक लगायत प्रतिष्ठानको गतिविधिमा सहभागी नहुने सदस्यलाई हटाउन सुझाव दिए ।


कास्की आदर्श समाज साउदीका निवर्तमान अध्यक्ष अमर सापकोटाले मानव अस्तित्व रहेसम्म दोहोरी गीत प्रतिष्ठान जीवन्त रहने बताए । उनले विदेशमा रहेका आप्रवासी नेपाली कामदारलाई लक्षित गरी गतिविधि गर्न सुझाव दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको खुल्ला उपसभापतिमा निर्वाचित सुरेन्द्र गुरुङललाई कदरपत्र सहित सम्मान गरिएको छ ।

‘हाम्रो अभियान, लोक संस्कृतिको संरक्षण, श्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने नाराका साथ भएको कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव जीवन दाहाल, प्रतिष्ठानका पूर्व उपमहासचिव चोलेन्द्र पौडल, गण्डकी प्रदेशका अध्यक्ष राजन कार्की, प्रतिष्ठानका पूर्व केन्द्रीय सदस्य तथा गण्डकीका पूर्व अध्यक्ष तारापति सुवेदी, दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष तुलसी क्षत्री, कास्कीका संरक्षक यामबहादुर गुरुङ, कानुनी सल्लाहकार नारायण शर्मा, प्रथम उपाध्यक्ष परशुराम अधिकारी, द्वितीय उपाध्यक्ष तथा भित्तेपात्रो प्रकाशन समितिका संयोजक दिपक अधिकारी, सचिव सुनिल गायक, आजिवन सदस्य राधा कँुवर लगायतले लोक दोहोरी क्षेत्रको बारेमा बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया