बहिरा व्यक्तिका अभिभावकलाई सांकेतिक भाषा तालिम

पोखरा । बहिरा व्यक्तिहरुका अभिभावकलाई सञ्चार क्षमता विकासका लागि नेपाली सांकेतिक भाषा तालिम दिइएको छ । गण्डकी बहिरा संघले पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा तालिम आयोजना गरेको हो ।
चैत ३ गते सुरु भएको तालिम शुक्रबार अर्थात् वैशाख ५ गते सकिएको हो । तालिममा २० अभिभावक सहभागी छन् । कार्यक्रममा पोखरा ८ का वडा सदस्य गोबिन्द बरालले सहभागीलाई प्रमाणपत्र वितरण गरे ।
किसान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रशिक्षक शक्तिप्रकाश लामिछाने, संस्थापक महासचिव सूर्यमोहन बराल, वरिष्ठ सल्लाहकार हरिप्रसाद बराल, राष्ट्रिय बहिरा महासंघ नेपाल गण्डकी प्रदेश समिति उपाध्यक्ष गंगादेवी घर्तिमगर, संस्थाका महासचिव विश्वामित्र भित्रकोटीले पनि बोलेका थिए ।
कार्यक्रममा दोभाषे सहजीकरण अञ्जली सुनारले गरेकी थिइन् । कार्यक्रमका वक्ताहरुले एक महिने तालिम पूर्ण हुन नसक्ने जनाउँदै लामो अवधिको प्रभावकारी तालिम आवश्यक भएको औंल्याएका थिए ।
तपाईको प्रतिक्रिया