सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी

काठमाडौं । सञ्चारिका समूह नेपालको नवौँ महाधिवेशनबाट अध्यक्ष कमला पन्थी विजयी भएकी छन् । उनले पवित्रा सुनारलाई हराएकी हुन् ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा वसन्ती बास्तोला, महासचिव (सर्वसम्मत) राधा खनाल, सचिव उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ विजयी भए ।
त्यस्तै, सदस्यहरू कल्पना शर्मा, विष्णु पन्थी, देवी सापकोटा, अजबी पौडेल, कालिका शिवाकोटी, सम्झना वन, तारा चापागाईं र दीपा रेग्मी विजयी भएको हो । विजयी भएका चापागाईं र रेग्मीलाई प्रेस चौतारीले कारवाही गरी साधारण सदस्यबाट नै निस्कासन गरेको छ । गठबन्धनको निर्णयभन्दा बाहिर गएर उम्मेदवारी दिएको भन्दै चौतारीले पवित्रा सुनारसहित ४ जनालाई कारवाही गरेको हो ।
सञ्चारिकाको नवौँ महाधिवेशनका अवसरमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले शुक्रबार उद्घाटन गरेका थिए ।
तपाईको प्रतिक्रिया