तनहुँमा माइक्रो र स्कुटर ठोक्किँदा २ जनाको मृत्यु, १४ जना घाइते

समाधान संवाददाता २०८२ वैशाख ७ गते १५:५४

तनहुँ
तनहुँको भानु नगरपालिका–१० स्थित नेपालडाँडामा आइतबार दिउँसो माइक्रोबस र स्कुटर एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

Advertisement


डुम्रे–बेसीशहर सडकखण्डमा दिउँसो १२ बजेर १५ मिनेटमा भएको हो । डुम्रेबाट लम्जुङतर्फ जाँदै गरेको बा २ ख ४०२२ नम्बरको माइक्रोबस र ग २६ प ४०५८ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक अशोक थापाले जानकारी दिए ।


दुर्घटनामा परी स्कुटरमा सवार मनाङ नासोँ गाउँपालिका–८ का ४० वर्षीय मन घलेको लम्जुङको नमुना सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै स्कुटर पछाडि सवार लम्जुङ, बेसीशहर नगरपालिका–८ की ३२ वर्षीया अनिता थापा श्रेष्ठको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा निधन भएको सूचना अधिकारी थापाले बताए ।


दुर्घटनामा घाइते भएका १४ जनालाई डुम्रे र सिउडीबारका अस्पतालहरूमा उपचारत छन् । जसमध्ये केहीलाई अवस्था गम्भीर भएपछि चितवन रिफर गरिएको छ ।


सिउडीबार, भोटेवडार अस्पतालमा उपचाररत घाइतेः

Advertisement


१. दिपेन्द्र श्रेष्ठ, वर्ष ४१, बेसीशहर–८ः टाउको, घाँटी, छाती र अनुहारमा गम्भीर चोट । चितवन रिफर ।
२. पुजा गुरुङ, वर्ष १४, लम्जुङः घाँटी र छातीमा चोट। अवस्था मध्यम। चितवन रिफर ।
३. प्रेम बहादुर सुनार, वर्ष ५२, ओखलढुंगाः बाँया खुट्टा भाँचिएको, छातीमा चोट । चितवन मेडिकल कलेज रिफर ।
४. युनिशा गुरुङ, वर्ष २४, लम्जुङः टाउको, घाँटी र दुबै हातमा चोट । अवस्था मध्यम । चितवन रिफर ।
५. राजकुमारी गुरुङ, वर्ष ६७, लम्जुङः दाहिने खुट्टामा सामान्य चोट ।
६. लिला प्रसाद बसौला, वर्ष ५४, लम्जुङः दाहिने खुट्टा र मुखमा चोट । अवस्था मध्यम ।
७. अधिष राई, वर्ष ३५, ओखलढुंगाः बाँया खुट्टामा सामान्य चोट ।
८. कुमार राई, वर्ष ३२, सोलुखुम्बुः बाँया खुट्टामा सामान्य चोट ।
९. धन बहादुर गुरुङ, वर्ष ५१, गोरखाः बाँया खुट्टामा सामान्य चोट ।

लक्ष्मी अस्पताल डुम्रेमामा उपचाररतः


१. कृष्ण कुमारी पाण्डे, वर्ष ७८, बेसीशहर–२ः दायाँ खुट्टा र बायाँ हातमा चोट । अवस्था मध्यम ।
२. तित्थ कुमारी थापा, वर्ष ४३, तनहुँः शरीरका विभिन्न भागमा भित्री चोट । अवस्था मध्यम ।
३. मनिका गुरुङ, वर्ष ३२, तनहुँः शरीरको भित्री भागमा चोट । अवस्था मध्यम ।
तनहुँ प्रहरीका अनुसार दुर्घटनाको विस्तृत विवरण र कारणबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया