जनसांस्कृतिक महासंघ गण्डकीमा शंकरविरही

पोखरा । नेकपा (एमाले)को जनसंगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल गण्डकी प्रदेश समितिको दोस्रो प्रदेश अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष शंकरविरही गुरुङको नेतृत्वमा सर्वसम्मत रुपमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्यसमितिको उपाध्यक्षमा प्रेमराज अधिकारी र माया गिरी, सचिव भूपेन बानियाँ, सहसचिव तीर्थ गुरुङ, कोषाध्यक्ष वसन्ती थापा र सहकोषाध्यक्ष सन्दीप परियार छन् । कार्यसमिति सदस्यमा दलबहादुर थापा, लालबहादुर शेरपुजा, मानबहादुर राना, रितेश घताने, रामप्रसाद गुरुङ, दीपकराज ढकाल, दिलु फगामीमगर, प्रदीप खनाल, मनोज नेपाली, कमलप्रसाद ढकाल छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालका अध्यक्ष प्रेमनाथ अधिकारीले उद्घाटन गरेको अधिवेशनको उद्घाटन समारोहमा एमालेका स्थायी कमिटीका सदस्य किरण गुरुङ, एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्मा, जनसांस्कृतिक महासंघ नेपालका उपमहासचिव मनकुमार श्रेष्ठ, एमाले प्रदेश कमिटीका सदस्य तथा जनसांस्कृतिक फाँट इन्चार्ज किरण सापकोटा, राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपाल गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष सुवास मल्ल, महासचिव छवि सुवेदी लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया