रेस्टुरेन्टमा खाने, तिर्ने बेलामा डिएसपी हुँ भनेर धम्क्याउने

पोखरा। पोखरा महानगरपालिका वडा नं. ८ स्थित सृजनाचोकमा रहेको ‘ढावा रेष्टुरेन्ट एण्ड बार’ मा प्रहरीको उच्च पदस्थ अधिकृत हुँ भन्दै अभद्र व्यवहारमा संलग्न एक जना व्यक्ति पक्राउ परेका छन्।
मिति २०८२ साल बैशाख ७ गते राति करिब १० बजे चन्द्रकान्त पौडेल (३२), बाग्लुङ नगरपालिका वडा नं. ४ कुडुलेफेदी घर भएका व्यक्तिले रेष्टुरेन्टमा अर्डर गरी खानेकुरा खाएपछि आफू प्रहरी नायब उपरीक्षक (डिएसपी) भएको बताउँदै काउन्टरमा कार्यरत कर्मचारीलाई धाक धम्की दिँदै अभद्र व्यवहार गरेका थिए।
घटनाबारे जानकारी प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पौडेललाई नियन्त्रणमा लिएको हो। उनीविरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डिएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।
प्रहरीको नाम दुरुपयोग गर्दै गरिएको यस्ता गतिविधिप्रति प्रहरीले कडाइका साथ कारबाही गर्ने जनाएको छ।
तपाईको प्रतिक्रिया