पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिमा प्राडा श्रीकृष्ण श्रेष्ठ

समाधान संवाददाता २०८२ वैशाख ९ गते ४:०४

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी डिन प्राडा श्रीकृष्ण श्रेष्ठले पाएका छन् ।

Advertisement

चार स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको कार्यकाल सकिएसँगै कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले गत बिहीबार प्रतिष्ठानका निमित्त उपकुलपति तोकेका हुन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति प्राडा डुकबहादुर क्षेत्री थिए ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर डबलबहादुर धामीले पाएका छन् ।

त्यस्तै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुपतिको जिम्मेवारी रेक्टर प्राडा पवन शर्मा र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी रेक्टर प्राडा संजीव शर्मालाई दिइएको छ ।

Advertisement

निमित्त उपकुलपतिहरुलाई प्रतिष्ठानको नयाँ उपकुलपति नियुक्त नभएसम्मका लागि नियमित शैक्षिक, प्रशासनिक र आर्थिक कार्य सुचारु गर्ने अधिकार दिइएको हो ।

चारवटै प्रतिष्ठानमा गत चैत्त २३ देखि २७ गतेसम्ममा उपकुलपतिहरुको ४ वर्षे कार्यकाल सकिएको थियो ।

धरानमा डा ज्ञानेन्द्र गिरी, , कर्णालीमा डा मंगल रावल र पाटनमा प्राडा राजेशनाथ गंगोल उपकुलपति थिए ।

चारवटै प्रतिष्ठानमा उपकुलपतिका लागि सरकारले सिफारिस समिति गठन गर्ने र सो सिफारिसका आधारमा कुलपतिसमेत रहेका प्रधानमन्त्रीले नयाँ उपकुलपति नियुक्ति गर्ने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया