चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा भूमि सचिव

समाधान संवाददाता २०८२ वैशाख ९ गते ५:३४

पोखरा । सहसचिव चन्द्रकला पौडेल सचिवमा बढुवा भएकी छन् । सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले उनलाई सचिवमा बढुवा गरेको हो । सचिव अर्जुन पोखरेलले अवकाश पाएपछिको रिक्त पदमा पौडेलको बढुवा भएको हो।

Advertisement

बढुवा समितिले पौडेलसहित वरिष्ठताक्रममा अगाडि रहेका ३ सहसचिवको नाम बढुवाका लागि सिफारिस गरेकामा मन्त्रिपरिषद्ले उनको नाम अनुमोदन गरेको हो। उनीसहित सहसचिवहरू शोभाकान्त पौडेल र भूपाल बरालको नाम लोकसेवा आयोगले बढुवाका लागि सिफारिस गरेको थियो ।

स्याङ्जा घर भएको पौडेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिइन्। राजश्व प्रशासनकी क्याडर पौडेल गण्डकीको अर्थ सचिव भइसकेकी छन् ।

यसैगरी बैठकले रिक्त रहेको भूमि व्यवस्था मन्त्रालयको सचिवमा केदारनाथ शर्मालाई सरुवा गरेको छ। कोसी प्रदेशको प्रमुख सचिवमा कार्यरत उनलाई सरकारले एक वर्षपछि सिंहदरबार ल्याएको हो । बागलुङका शर्मा पनि गण्डकीका पूर्व सचिव हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया