लायन्स क्लब मेट्रोसिटीको शुभकामना

समाधान संवाददाता २०८२ वैशाख १० गते १६:२८

लेखनाथ ।
लायन्स क्लब ३२५ बीआई नेपालको गभर्नर विनोद ढुंगानाले नयाँ वर्ष २०८२ लाई उदाहरणीय वर्ष बनाउन अधुरा कामहरु सम्पन्न गर्न आजैदेखि एकजुट भएर काम गर्न अनुरोध गरेका छन् ।

Advertisement


लेखनाथ क्षेत्रभित्र रहेका सम्पूर्ण लायन्स क्लबहरूबीच नयाँ वर्ष २०८२ को अवसरमा लायन्स क्लब अफ लेखनाथ मेट्रोसिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै गभर्नर ढुंगानाले २०८१ मा योजना बनाइएका तर पूरा हुन नसकेका कार्यहरूलाई २०८२ मा सम्पन्न गर्ने प्रतिबद्धता नै नयाँ वर्षका लागि गरिएको शुभकामनाको मूल सन्देश भएको बताएका हुन् ।


नयाँ वर्ष २०८२ लाई उदाहरणीय र जीवन उपयोगी वर्षका रूपमा मनाउनका लागि ‘समाज सुधारका लागि आवाज उठाउनु पर्छ’ भन्ने धारणा राख्दै उनले लायन्स क्लबलाई समाजले कसरी हेरिरहेको छ भन्ने विषयमा सुक्ष्म रूपमा अध्ययन गर्दै समाज सुधारको अभियानका लागि सबैभन्दा पहिले आफूलाई नै सुधार गर्दै सकारात्मक बाटोतर्फ अग्रसर गराउनु आवश्यक रहेको बताएका थिए ।


लायन्स क्लब अफ लेखनाथ मेट्रोसिटीका अध्यक्ष जीवन तिवारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा डिष्ट्रिक्ट चिफ एड्भाइजर शैलेन्द्रमोहन भट्टराईले लायन्स क्लबले समाज सुधारका लागि साझा योजनाका साथ अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लायन्स क्लब अफ लेखनाथ मेट्रोसिटीका संस्थापक अध्यक्ष नगेन्द्रराज वराल, लायन्स क्लब अफ लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सेना, डिस्ट्रिक्ट रिजन चेयर पर्सन मेनुका श्रेष्ठलगायतले आ–आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन लायन्स क्लब अफ लेखनाथ मेट्रोसिटीका सचिव भुवनराज वरालले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया