पोखरालाई हराउँदै ललितपुरले जित्यो एनएसएलको उपाधि
समाधान संवाददाता
२०८२ वैशाख १४ गते ५:१६

पोखरा । ललितपुर सिटी एफसीले नेपाल सुपर लिग (एनएसएल) उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथरंगाशालामा शनिबार साँझ भएको फाइनलमा पोखरा थन्डर्सलाई २–१ गोलले हराउँदै ललितपुरले दोस्रो पटक उपाधि जितेको हो । ललितपुरले गत संस्करणमा पनि धनगढी एफसीलाई ३–२ ले हराउँदै उपाधि जितेको थियो ।
ललितपुरको जितमा इमोह इजाकियल र पापा इबाउ केबेले गोल गरे । खेलको ४२औँ मिनेटमा ललितपुरले सुरुवाती अग्रता लिएको थियो ।
मनोज राईले दिएको क्रसलाई इजिकेलले सिक्स यार्ड बक्सनजिकबाट हेड गर्दै टिमलाई अग्रता दिलाएका थिए। त्यस्तै ६४ औँ मिनेटमा पोखराका सुदिलले दोस्रो गोल फर्काएका थिए । भने ललितपुरका लागि खेलका ७४ औं मिनेटमा पापाले गोल गर्दै उपाधि दिलाए ।
जितसंगै ललितपुरले नगद ८० लाख प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाामा चित्त बुझाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया