हरिचोक हेम्जा जोड्ने सडकको दुरावस्था

समाधान संवाददाता २०८२ वैशाख १५ गते १५:३२

पोखरा ।

Advertisement

पोखरासँग जोडिएको राष्ट्रिय गौरवको आयोजना हो, मध्यपहाडी लोकमार्ग । यो सडक खण्ड निर्माण गर्न २०७९ साउनमा ठेक्का लाग्यो । तर, निर्माण कम्पनीले समयमा काम गर्न नसक्दा तीन वर्षदेखि यो सडक थुलाम्मे छ । पोखरा १ बगरमा पर्ने यो सडक २.२ किलोमिटरमात्र हो । तर, अहिले सडक निर्माण गर्ने म्याद सकिसक्यो, तर सडक निर्माण सम्पन्न हुन सकेको छैन ।


निर्माण निर्माण कम्पनीले भने भर्खर कालोपत्र सुरु गरेको छ । आयोजनाका सूचना अधिकारी कृष्ण सुवेदीले चालु आर्थिक वर्षसम्म कालोपत्रे सकिने बताए । ‘म्याद त सकियो । अब जरिवाना बुझाएर भएपनि हामी चालु आर्थिक वर्षसम्म काम सक्छौं,’ सूचना अधिकारी सुवेदीले भने, ‘पुल निर्माण गर्न भने ०८२ भदौसम्म म्याद छ ।’


मध्यपहाडी लोकमार्गमा पर्ने यो सडक खण्ड पोखरा वडा नम्बर १ अन्तर्गत पर्छ । पोखरा महानगरको वडा नम्बर १ र २५ नम्बर वडा जोड्ने सडक निर्माण गर्न मोतीदान कन्ट्रक्सन काठमाडौंले म्याटसहित ४८ करोडमा ठेक्का पाएको हो भने याम्दी पुल निर्माण गर्न गीता कन्ट्रक्सन स्याङ्जाले १९ करोडमा जिम्मा पाएको छ ।


‘१९ करोडमा ३ वटा पुल हो । याम्दीमा दुई वटा पुल हो । अर्को घट्टे खोलामाथि हो । याम्दीमा एउटा पुल यो आर्थिक वर्षमा सक्छौं । तल बन्ने पुल अर्को आर्थिक वर्षमा सक्छाैं ,’ सूचना अधिकारी सुवेदीले भने । चार लेनमा सडक विस्तारसँगै नाली, पर्खाल, कल्भर्ट निर्माणलगायत काम सकिएको जनाइएको छ । निर्माण कम्पनीले बालुवा गिट्टी उत्खनन्का लागि सडक निर्माण गर्न ढिला गरेको भन्दै स्थानीयले पकटपटक विरोधसमेत गरेका थिए । विरोधस्वरुप स्थानीयले सडकमा धानसमेत रोपेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया