तालचोक–बेगनास सडकमा ‘ठेकेदारको मनमौजी’

समाधान संवाददाता २०८२ वैशाख १५ गते १५:५७

पोखरा ।

Advertisement

पोखरा महानगरपालिका वडा नम्बर २७ तालचोकदेखि वडा नम्बर ३१ बेगनासताल जोड्ने ४ लेन सडक विस्तार गर्न ०७९ मा ठेक्का लाग्यो । निर्माण थालेको करिब ४ वर्षमा ५५ प्रतिशत काम सम्पन्न भएको आयोजना हेर्ने पोखरा महानगरका फोकल पर्सन इन्जिनियर नवीन गौतमले जानकारी दिए । उनका अनुसार कन्ट्रक्सन कम्पनीले मोभिलाइजेसन नै गर्न सकेको छैन । ‘पब्लिक अवरोध एकातिर अर्कोतर्फ ठेकेदार कम्पनीले तदारुकता कम भयो,’ उनले भने ।


जबकी ठेक्का सम्झौतामा २ वर्षमा सक्नुपर्ने गरी स्वच्छन्द–सपना–वल्र्डवाइड जेभीले ठेक्का पाएको हो । तर, ठेकेदार कम्पनी नै बिचबिचमा गायब हुँदा यो सडक खण्ड पूरा हुन सकेको छैन, अभैm कतिसमय अन्योल हुने हो पत्तो छैन । ‘गत वर्ष साउनदेखि निर्माणको जिम्मा पाएको ठेकेदार हराउनुभयो । अहिले पनि काम भए जस्तो देखिएपनि जनशक्ति नै कम छन्,’ इन्जिनियर गौतमले भने ।


तालचोक बेगनास सडक निर्माण गर्न अझै पनि रुट क्लियर हुन सकेको छैन । कतिपय स्थानीयले मुआब्जा नपाएको भन्दै मापदण्डभित्र परेका संरचना भत्काएका छैनन । अर्कोतर्फ देउराली खोलामाथि बनेको पुल डिजाइन नै गलत भएको भन्दै स्थानीयले पुलको उचाइकोे विषयमा विवाद गरेका छन् ।

विश्व बैंकको आर्थिक सहयोगमा ३.२८ किलोमिटरको उक्त सडकलाई चार लेनमा स्तरोन्नति गर्न ‘स्वच्छन्द–सपना–वल्र्डवाइड जेबी’ले भ्याटबाहेक ७५ करोड ४८ लाख रुपैयाँमा ठेक्का पाएको हो । तर, तोकिएको समयमा पूरा नगरेपछि अहिले सन् २०२५ नोभेम्बरसम्म म्याद थप गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया