२१ गतेदेखि यु १६ क्रिकेट प्रतियोगिता हुने

समाधान संवाददाता २०८२ वैशाख १६ गते १६:५३

पोखरा ।
कास्की जिल्ला क्रिकेट संघको आयोजनामा यही वैशाख २१ गतेदेखि यु १६ विद्यालयस्तरीय पुरुष क्रिकेट प्रतियोगिता हुँदै छ । यसका लागि कास्की जिल्ला क्रिकेट संघले विद्यालयलाई प्रतियोगिताको सहभागिता जनाउन आवश्यक तयारीमा जुट्नसमेत आग्रह गरेको छ ।

Advertisement


विद्यालयस्तरीय टी २० क्रिकेट प्रतियोगिताको लागि आगामी शुक्रबारसम्म टिम दर्ता गरिसक्नुपर्ने कास्की जिल्ला क्रिकेट संघले जनाएको छ । ४ विद्यालयभन्दा कमले सहभागिता जनाएको अवस्थामा संघले प्रतियोगिता सञ्चालन नगर्नेसमेत उल्लेख गरेको छ ।


बढी विद्यालयले सहभागिता जनाएको अवस्थामा पोखरा रंगशाला क्रिकेट मैदान र अर्को क्रिकेट मैदानमा खेलाउनेसमेत जनाएको छ । संघले यु १६ विद्यालयस्तरीय टि २० क्रिकेट प्रतियोगिताबाट जिल्लास्तरीय टोली बनाइनेछ । सन् २०२५ मा एसियन क्रिकेट काउन्सिलको आयोजनामा हुने एसिसी मेन्स यु १६ इस्टजोन कप २०२५ को सहभागिता जनाउनेछ ।


इस्टजोन कपका लागि नेपाली राष्ट्रिय छनोट गरिनेछ । छनोटको पूर्वसन्ध्यामा जिल्लाको टोली तयार हुने संघले जनाएको छ । प्रतियोगिताबाट छनोट गरिएको जिल्ला टोलीले जेठको दोस्रो सातादेखि प्रदेशस्तरीय टोली निर्माण गर्न जिल्लाको प्रतिनिधित्व गर्ने छ ।


प्रतियोगितामा निजी तथा आवासिय एवं सामुदायिक विद्यालयले सहभागिता जनाउन पाउनेछ । प्रतियोगितामा १२ वर्ष नपुगेको खेलाडीले सहभागिता जनाउने पाउने छैनन् । उमेर प्रमाणित हुने आवश्यक कागजपत्र पेश गर्नुपर्ने संघले उल्लेख गरेको छ । प्रतियोगितामा विजेता तथा उपविजेत टोलीले ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने छन् ।

Advertisement

तपाईको प्रतिक्रिया