पाेखरामा नेकपाको सभास्थल नजिकै बम विस्फोट
समाधान संवाददाता
२०७६ मंसिर ११ गते १३:५८

समाधान संवाददाता, पाेखरा
कास्की-२ को उपचुनावका लागि नयाँबजारमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को चुनावसभा भइरहेको बेला बम विस्फोट भएको छ ।
नयाँबजारकाे प्रदर्शनी केन्द्रमा आयोजित सभामा नेकपा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङले सम्बोधन गरिरहेका बेला नजिकै रहेको बसपार्कमा विस्फोट भएको हो ।
विस्फोटबाट कुनै क्षति भने नभएकाे समाधान संवाददाताले जनाएकाे छ ।
बम विस्फाेटमा संलग्नकाे खाेजी भइरहेकाे प्रहरीले बताएकाे छ ।
यसअघि उम्मेदवारी दर्ताको दिन कात्तिक २१ गते पनि कास्कीको जिल्ला निर्वाचन कार्यालय नजिकै अज्ञात समूहले बम विस्फाेट गराएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया