पोखरा आएर नारायणकाजीले दिए राष्ट्रियसभामा उम्मेदवारी

समाधान संवाददाता २०७६ पुष २० गते १३:३७

समाधान संवाददाता, पाेखरा

Advertisement

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृत कार्यालय कास्की पोखरा पुगेर आइतबार श्रेष्ठले उम्मेदवारी दर्ता गरेका हुन्।

श्रेष्ठको प्रस्तावकमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेत छन्। बस्नेत गोरखाबाट प्रदेशसभा सदस्य हुन्। समर्थक दिलमाया रोका छिन्।

नेकपाको सचिवालय बैठकले गण्डकी प्रदेशको अन्यबाट श्रेष्ठलाई उठाउने निर्णय गरेको थियो।

Advertisement

माघ ९ गते रिक्त राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुँदैछ।


तपाईको प्रतिक्रिया