वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेकपाको निर्णय
समाधान संवाददाता
२०७६ फागुन १४ गते १३:२५

समाधान संवाददाता, काठमाडाैं
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकले गौतमलाई राष्टियसभामा लैजाने निर्णय गरेको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रियसभा सदस्य नियुक्तिका लागि निर्णय गरेको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया