बुकर प्राइजमा मनोनित पुस्तकको नाम सार्वजनिक

समाधान संवाददाता २०७६ फागुन १९ गते १३:५८

लन्डन, (गार्जियन)

Advertisement

यो वर्षको ‘इन्टरनेसनल बुकर प्राइज’ का लागि १३ वटा पुस्तक ‘लङ लिस्ट’ मनोनयनमा परेका छन् । अंग्रेजी बाहेकका विभिन्न ८ भाषामा लेखी अनुवाद गरिएका १३ पुस्तकलाई निर्णायकले यो वर्षको प्रतिष्ठित पुरस्कारका लागि मनोनयनमा राखेका हुन् ।

निर्णायकले १२४ वटा उपन्यासबाट १३ वटालाई लङ लिस्टमा समावेश गरेका हुन् । यो वर्ष मूल रुपमा अंग्रेजी बाहेकका भाषामा लेखी अनुवाद गरिएका पुस्तकलाई बुकर प्राइजले प्रतिष्ठित पुरस्कारका लागि मनोनित गरेको हो ।

यसको उद्देश्य अरु भाषाका पुस्तक पनि पढिउन् र प्रकाशकहरुले अनुवाद गरेर प्रकाशन गर्न थप चासो देखाउन भन्ने रहेको बुकर प्राइज कमिटिले जनाएको छ । बेलायत वा आयरल्याण्डमा अंग्रेजी अनुवादमा प्रकाशित भएका पुस्तकहरुलाई स्थान दिइएको हो । बुकर प्राइजको पुरस्कार राशि ५० हजार पाउण्ड रहेको छ । सो पुरस्कार राशि विजेता मुल लेखक र अनुवादकले बाँडेर लिनु पर्छ ।

आउँदो अप्रिल १२ मा १३ मध्येबाट सर्टलिस्टेड पुस्तकको नाम सर्वाजनिक गरिन्छ । सर्टलिस्टमा पर्ने पुस्तकका मुल लेखक तथा अनुवादकले एक हजार पाउण्ड पुरस्कार पाउँछन् । यो वर्ष दक्षिण अफ्रिकाको अफ्रिकान्स, इरानको फारसी, अर्जेन्टिनाको स्पेनिस, नर्वेको नर्वे्जियन, जर्जियाको जर्मन, फ्रान्सको फ्रेन्च, जर्मनीको जर्मन, मेक्सिकोको स्पेनिस, जापानको जापनिज, फ्रान्सको फ्रेन्च, नेदरल्यान्डसको डच, स्पेनको स्पेनिस भाषामा लेखी अनुवाद गरिएका पुस्तक लङ लिस्टमा परेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया