बाँस्कोटाको घरमा बिस्फोट गराएको आरोपमा विप्लव नेकपाका देव गुरुङ पक्राउ

समाधान संवाददाता २०७६ फागुन २८ गते १३:१३

समाधान संवाददाता, काठमाडाैं

Advertisement

पूर्वसञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाको भक्तपुर लोकन्थलीमा रहेको घरमा बम बिस्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका भक्तपुर नेता देव गुरुङ पक्राउ परेका हुन्। उनलाई भक्तपुरको सुकुम्बासी बस्तीबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले गुरुङलाई नियन्त्रणमा लिएको हो। बम बिस्फोटमा संलग्नहरुको पहिचान भइसकेको दाबी गर्दै प्रहरीले खोजी कार्य भइरहेको पनि बताएको छ।

बुधबार बिहान रिमोर्ट कन्ट्रोलबाट बाँस्कोटाको घरमा प्रेसर कुकर बम बिस्फोट हुँदा घरको पर्खाल भत्किएको छ भने छिमेकीका घरका सीसा र एउटा भ्यानमा क्षति पुगेको छ।

Advertisement

बाँस्कोटाको घरमा बुधबार बिहान भएको बम विष्फोटको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ।

तपाईको प्रतिक्रिया