चीनमा कोरोनाको नयाँ संक्रमण १० भन्दा तल

समाधान संवाददाता २०७६ फागुन २९ गते ११:५४

बिहीबारदेखि बन्द गर्न लागिएको वुहानको एक आपतकालीन अस्पतालमा आराम गर्दै डाक्टर। तस्बिर: पिपुल्स डेली।

Advertisement

एजेन्सी

चीनमा कोरोना भाइरसबाट नयाँ संक्रमण हुनेहरुको संख्या  १० भन्दा तल झरेको छ।

बुधबार वुहान सहरमा ८ जनामात्र नयाँ संक्रमित भेटिएका छन् भने अन्य प्रान्तका  ७ जनामा यो  भाइरस देखिएको छ। ती सातमध्ये पनि ६ जना बाहिरबाट आएकाहरू हुन्।

कोरोना भाइरसको उदगम थलोमै कोरोनाको संक्रमण न्यून हुँदै गएपछि वुहानको जनजीवन सामान्य बन्न खोज्दैछ। राष्ट्रपति सी चिनफिङले दुई दिनअघि उक्त सहरको भ्रमण गरेका छन्। 

Advertisement

एक करोड १० लाख मानिसको बसोबास भएको वुहान सहर जनवरी २३ देखि सरकारले  ‘लक डाउन’ गरिदिएको थियो।

नयाँ बिरामी आउने क्रम स्वाट्टै घटेपछि रातारात बनाइएका आपतकालीन अस्पतालहरू पनि बन्द गरिएका छन्। यद्यपी अधिकारीहरुले अझै पनि महामारी फर्किन सक्ने भन्दै सचेत रहन आग्रह गरेका छन्।

डिसेम्बर अन्तिम सातादेखि देखिन थालेको कोरोना भाइरसले चीनमा अहिलेसम्म  ८० हजार ७ सय ९३ जना संक्रमित भएका थिए भने ३ हजार १ सय ६९ जनाले ज्यान गुमाए।

६२ हजार ७ सय ९३ जना उपचारपछि घर फर्किएका छन्।

तपाईको प्रतिक्रिया