समाधान दैनिकको प्रकाशन स्थगित

समाधान सम्वाददाता
कोरोना भाइरसको महामारीका कारण गण्डकी प्रदेशको लोकप्रिय मिडिया हाउस समाधान मिडिया प्रा.लि.ले आफ्नो प्रिन्ट सस्करण समाधान राष्ट्रिय दैनिकको प्रकाशन स्थगित गरेको छ । पत्रिका प्रकाशनमा ठुलो जनशक्ति एक साथ परिचालन हुनु पर्ने तर भाइरस फैलिने शैलीलाई हेर्दा त्यसो गर्नु घातक सिद्ध हुन सक्ने ठहर गर्दै पत्रिकाको व्यवस्थापन टिमले तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
‘यो खतरनाक भाइरका विरुद्ध लडदै पत्रिका निरन्तर प्रकाशन गर्न निकै प्रयास गर्यौं ।’ समधान मिडिया प्रा.लि.का अध्यक्ष उमनाथ बरालले भने–‘अब हाम्रो केही जोर चलेन । यो भाइरसलाई गम्भीरता पूर्वक नलिएर सानो गल्ती गर्दा पनि ठुलो क्षति पुग्न सक्छ भन्ने महसुस गरी प्रकाशन स्थगन गर्न बाध्य भयौं ।’ समाधानले पत्रिका घर घर पुर्याउन छोडेर ग्राहकको घर नजिकैका प्रतिक्षालय सम्म पुर्याउने प्रयास पनि गरेको थियो ।
पत्रिकाका कार्यकारी सम्पादक भरत कोइरालाले प्रिन्ट सस्करण स्थगन गरिए पनि समाधानन्युजडटकम अनलाईन सस्करणबाट आम पाठकलाई समाचार दिई राख्ने बताए । उनले कोरोना भाइरसको महामारी विरुद्ध लडिरहेका आफ्ना पाठकलाई समाचार र सुचना पाउने अधिकारबाट बञ्चित नगर्न सक्दो प्रयास गरिरहने बताए ।
तपाईको प्रतिक्रिया