विश्वभर ३० लाख भन्दा बढी काेराेना संक्रमित

समाधान संवाददाता २०७७ वैशाख १६ गते ८:२१


Advertisement

पाेखरा

विश्वभरि कोरोनाभाइरस संक्रमितको संख्या ३० लाखभन्दा माथि पुगेको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

उसका अनुसार हालसम्म विश्वका १ सय ८५ देशमा कोरोनाभाइरस फैलिइसकेको छ।

विभिन्न माध्यमहरूबाट कोरोनाभाइरस संक्रमितहरूको तथ्या‌क स‌ंकलन गरेर उक्त विश्वविद्यालयले विवरण सार्वजनिक गर्ने गरेकाे बिबिसीले जनाएकाे छ ।

Advertisement

उक्त विश्वविद्यालयले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), युरोपियन सेन्टर फर डिजिजेज् प्रिभेन्सन एन्ड कन्ट्रोल, विश्वभरका सरकारी स्वास्थ्य विभागहरू, स्थानीय समाचार तथा स्वास्थ्यकर्मीहरूको ठूलो अनलाइन समुदायबाट तथ्यांकहरू लिने गरेको छ।

कोभिड(१९ का कारण हालसम्म २ लाख ८ हजार मानिसको ज्यान गइसकेको छ।

विश्वमा सबैभन्दा धेरै संक्रमण अमेरिकामा देखिएको छ।



तपाईको प्रतिक्रिया