काेराेना परीक्षण गर्न भन्दै स्थगित भयाे नेकपा स्थायी कमिटी बैठक

समाधान संवाददाता २०७७ वैशाख ३१ गते १०:२४

काठमाडाै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आज बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगन भएको छ ।

Advertisement

बिहान ११ बजे पार्टी मुख्यालयमा धूम्रबाराहीमा बस्ने भनिएको बैठक सदस्यहरुको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको पार्टी कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए । भीम रावलका १ जना सुरक्षा गार्डलाई काेराेना देखिएपछि बैठक स्थगत गरिएकाे बताइएकाे छ।

उनका अनुसार स्थायी कमिटीका ४५ सदस्य सबैको कोरोना भाइरस (कोभिड –१९)को परीक्षण गरेर मात्र बैठक बस्ने छ । अब बस्ने बैठक पार्टी एकतापछिको तेस्रो स्थायी कमिटी बैठक हुने छ ।

केही सांसद रहेका स्थायी कमिटी सदस्यको कोभिड –१९ परीक्षण गरिएको थियो, उनले भने, तर केहीको बाँकी रहेकाले परीक्षण गरेर मात्र बैठक बस्ने भएको छ । आज बस्ने भनिएको बैठकमा सरकारको नीति तथा कार्यक्रम, कोभिड –१९ र भारतद्वारा अतिक्रमित नेपाली भूमिका बारेमा छलफल गर्ने कार्यसूची थियो ।

तर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नै बैठककाे विपक्षमा रहेकाले स्थगन भएकाे धेरैकाे भनाइ छ । आज बस्ने भनिएकाे बैठकमा ओलीले आफू बस्न नसक्ने खबर पठाएका थिए । उनले भनेका थिए, ‘महामारी धेरै बढ्यो। मेरो स्वास्थ्यमा पनि समस्या भयो, बैठकमा आउँदिनँ। तपाईंहरु नै चलाउने भए चलाउनुस्। मचाहिँ उपस्थित हुन्न।’

Advertisement

तपाईको प्रतिक्रिया