बजेट समाजवाद उन्मुख छ

कृष्णबहादुर थापा
यो बजेट हिलोमा पोखिएको पिठो होइन, हिलोमा रोपिएको कमल हो । बर्खामा रोपेको धान हो, जुन फल्नेछ फुल्नेछ र कोरोना भगाएर कार्यान्वयनमा आउने छ । सरकारले ल्याएको बजेट कहिँकतै अलमलिएको छैन ।
यो बजेटका ११ वटा सब पक्ष मैले देखेको छु । पहिलो त पुँजीगत खर्च चालुभन्दा बढी छ । अर्थशास्त्रीय नियम अनुसार यो बजेटलाई राम्रो मान्न सकिन्छ । बजेटको आकार र वित्तीय व्यवस्थापन यथार्थमा आधारित छ । प्रदेश सरकार र स्थानीय तहसँगको सम्बन्धमा सुधार गर्ने गरी ल्याइएको छ । खर्च कटौती, व्यवसाय रक्षा कोष, रोजगारी गुमाएका युवालाई सिप पुँजी र प्रविधि उपलब्ध गराउन खोजेको छ । कृषिमा पनि यो उत्तिकै उदार छ । समाजवादउन्मुख अर्थतन्त्रलाई उकास्ने खालको छ ।
राम्रो हुँदाहुँदै पनि बजेटमा मेरा केही सुझाव छन् । अगाडिको लाइनमा बस्नुभएका माननीय मन्त्रीज्यूहरुले शब्द/शब्दलाई कान खोलेर सुनिदिनेहोला, सांसदका सुझाव डायरीमा टिपिदिनुहोला र अर्को पनि सुझाव दिनुपर्ने नमानाउनु होला ।
प्रदेश पर्यटनको केन्द्र पर्यटनको प्रवद्र्धनमा बजेट बढाउनु पर्छ । बजेटको कार्यान्वयन पक्षमा विशेष जोड दिनुपर्छ । बेरोजगारी अन्त्य गर्न ठोस कार्यक्रम बजेटले ल्याउनुपर्छ । बेथिति र मिलेमतो अन्त्यका लागि विशेष कार्यक्रम चाहिन्छ । मानव संशाधन विकासका लागि बजेटमा पर्याप्त बजेट विनियोजन गर्नुपर्छ । गण्डकी प्रदेशमा स्वास्थ्य शिक्षाको दायरा बढाउनुपर्यो । २ जिल्लामा पाइलट प्रोजेक्टका रुपमा प्रयोग गरेर भए पनि विद्यालयमा स्वास्थ्यकर्मीको व्यवस्था गर्नु पर्यो ।
संसदमा प्रस्तुत आगामी वर्षको बजेटमाथिको छलफलका क्रममा सांसद थापाले बिहीबार व्यक्त गरेको विचार
तपाईको प्रतिक्रिया