बेलायतको रिडिङ्गमा चक्कु आक्रमण, ३ को मृत्यु

समाधान संवाददाता २०७७ असार ७ गते ७:४४

एजेन्सी

Advertisement

नेपालीहरुको बाक्लै वस्ती भएको ठाउ बेलायतको रिडिङ्गमा एक जना चक्कुधारीले अन्धाधुन्ध चक्कु प्रहार गर्दा कम्तिमा तीनजनाको ज्यान गएको आशंका गरिएको छ । रिडिङ्गको एक पार्कमा भएको घटनामा अरु केही घाइते भएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् ।

घटनास्थलबाट एकजनालाई प्रहरीले पक्राउ गरेको छ । ती व्यक्ति लिबियन नागरिक रहेको अनुमान छ । प्रतिआतंकवादका अधिकारीहरु घटनास्थलमा रहेको र अनुसन्धान गरिरहेको जनाइएको छ ।

आक्रमण किन भएको हो भन्ने खुलेको छैन । स्थानीय समय अनुसार शनिबार बेलुका सात बजेतिर घटना भएको हो । कम्तिमा तीनजनाको ज्यान गएको भनिए पनि अहिलेसम्म प्रहरीले भने त्यसको पुष्टि गरेको छैन ।

पार्कमा रहेका मानिसहरुमाथि एक व्यक्तिले चक्कु प्रहार गरेको देखेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । प्रधानमन्त्री बोरिस जोन्सनले घटनाको गम्भीर निन्दा गर्दै प्रभावित भएकाहरुप्रति सहानुभूति प्रकट गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया