बिरामी भएपछि राजीनामा दिदै जापानी प्रधानमन्त्री

समाधान संवाददाता २०७७ भदौ १२ गते १२:०४

एजेन्सी

Advertisement

आफ्नाे स्वास्थ्यका कारण देशकाे काममा फरक नपराेस भनेर जापानका प्रधानमन्त्री सिन्जो आबेले पदावधि सकिनु एक वर्षअगावै राजीनामा दिने भएका छन्।

हुन त उनी कामै गर्न नसक्ने गरी बिरामी परेका छैनन् । तर पनि देशकाे प्रधानमन्त्री पूर्ण स्वस्थ हुनु पर्छ भन्ने मान्यता उनकाे छ । नेपाल लगायतका कैयाै देशका शासकलाई कुर्सी प्याराे लाग्छ ।

परिस्थिति आफू अनुकुल भएमा अन्तिम सास लिउन्जेलसम्म पनि सत्ता छाेड्न नचाहाने एशियाली नेताहरुका लागि जापानी प्रधानमन्त्री आबेले गतिलाे सन्देश दिएका छन् ।

जापानको सरकारी टेलिभिजन एनएचकेका अनुसार ६५ वर्षीय प्रधानमन्त्री आबेले आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दैछन्। उक्त सम्बोधनबाट उनले राजीनामा दिन लागेका बताइएको छ।

Advertisement

पछिल्लो समय उनी लगातार दुई पटक अस्पताल गएपछि उनको स्वास्थ्यलाई लिएर विभिन्न अड्कलबाजी  गरिएको छ।

यसअघि पनि आबेले सन् २००७ मा स्वास्थ्यका कारण प्रधानमन्त्री नियुक्त भएको वर्ष दिनमै राजीनामा दिएका थिए। आबे लामो समयदेखि अल्सरेटिभ कोइलेइटिस रोगबाट पीडित छन्।

तपाईको प्रतिक्रिया