मन्त्रिमण्डल हेरफेर हुँदैनः प्रधानमन्त्री ओली
समाधान संवाददाता
२०७७ भदौ १९ गते १५:३२

काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् तत्काल हेरफेर नहुने बताएका छन् । मन्त्रिपरिषद्को शुक्रबार मध्याह्नको बैठकमा ओलीले मन्त्रीहरुलाई आफ्नो मन्त्रालयको काम रफ्तारमा गर्न निर्देशन दिए ।
‘मन्त्रिमण्डल पुनर्गठनको कुरा कहाँबाट आएका छन्। कसरी हल्ला चलेका छन्। मैले कहीँ बोलेको छैन,’ प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने,’ सबै मन्त्रीले आफ्ना मन्त्रालयको कमाण्ड लिएर चलाउनुहोला । मिडियमा आएका हल्ला अडकलका भरमा आएका हुन् ।’
सत्तारुढ नेकपामा नेतृत्व विवाद चर्कंदै गर्दा मन्त्रिपरिषद नै पुनर्गठन हुने चर्चा भएकोप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । ओलीले गलत प्रचारको पछाडि नलाग्न सबैलाई आग्रह गरेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया