अल्ब्राइट होस्टेल सञ्चालिका पक्राउ
समाधान संवाददाता
२०७७ असोज ६ गते २०:५४

समाधान संवाददाता, पोखरा
कोरोना भाइरस सम्बन्धी सरकारको निणर्य उल्लंघन गरेको आरोपमा पोखरामा एक होस्टेल सञ्चालिका पक्राउ परेकी छन् ।
पोखरा-४ गैह्रापाटनमा विद्यार्थीलाई राखेर पठनपाठन गरेको पाइएपछि अल्ब्राइट होस्टेलकी सञ्चालिका ३२ वर्षीया सनसरी श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जनाएका छन् । श्रेष्ठलाई थप कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्की लगिएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले विद्यालय, होस्टेल, व्यायामशाला सञ्चालन गर्न रोक लगाएको छ । गत चैतदेखि बन्द विद्यालय, विश्वविद्यालयले अहिले शैक्षिक सत्र खेर जान नदिने भनेर अनलाइन कक्षा चलाइरहेका छन् ।
लकडाउन र निषेधाज्ञालाई चरणबद्ध रुपमा खुलाउँदै लगिएतापनि शैक्षिक संस्थाबारे कुनै निणर्य भने भएका छैनन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया