ट्रम्प र बाइडेनकाे पहिलाे डिबेट झगडै झगडामा समाप्त

एजेन्सी
अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने राष्ट्रपति चुनावको पहिलो टेलिभिजन डिबेट विषय भन्दा ‘चर्काचर्की’ का बिच टुंगिएको छ ।
नेपाली समय अनुसार बुधबार बिहान भएको टेलिभिजन बहसमा विषयवस्तुमा भन्दा विपक्षी उम्मेदवारको जवाफका बिच चर्को स्वरमा बोल्ने क्रममै सकिएएको हो ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार पूर्व उपराष्ट्रपति जो बाइडेन पहिलो पटक आमनेसामने भएका हुन् । फक्स न्यूजका क्रिस वालसले डिबेट मोडरेट गरेको बहसमा ‘इतिहास’ मै खराब रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।
ट्रम्पले लगातार बाइडेनको जवाफको क्रममा अवरोध गरेपछि मोडरेटर वालसले बारम्बार ट्रम्पलाई सचेत गराएका थिए । उनले चर्को स्वरमै ट्रम्पलाई रोक्नु परेको थियो ।
टेलिभिजन बहसमा कोरोना भाइरसको महामारी, सर्वोच्च अदालत, रंगभेद, अर्थतन्त्र, जलवायु परिवर्तन तथा चुनावी स्वतन्त्रतासहितका विषयमा बहस भयो । तर हरेक बहसमा अधिकांश समय ट्रम्पको अवरोधका कारण ‘झगडा’ जस्तो बन्यो ।
ट्रम्पले चुनावको नतिजा जस्तो आए पनि स्वीकार गर्ने या नगर्ने विषयमा बहसको क्रममा प्रतिबद्धता जाहेर गरेनन् । तर बाइडेनले मतदातालाई आफूलाई जसरी सहज हुन्छ त्यसैगरी मतदान गर्न अपिल गरी जे नतिजा आए पनि स्वीकार गर्ने बताए ।
न्यूर्योक टाइम्सले राष्ट्रपति ट्रम्पले आयकर छली गरेको रिपोर्ट प्रकाशित गरेपछि भएको बहसमा ट्रम्पले आफूले दशौँ लाख कर तिरेको दाबी गरे ।
तर उनले सन् २०१६ र २०१७ मा कति आयर तिरेको जानकारी दिएनन् । न्यूयोर्क टाइम्समा प्रकाशित भएको खबरमा उनले ती दुई वर्षमा ७५० डलर मात्रै कर तिरेको उल्लेख छ ।
डिबेट सुरु हुनु भन्दा केही घण्टाअघि जो बाइडेन र उपराष्ट्रपति उम्मेदवार कमला ह्यारिसले आफ्नो कर सम्बन्धी विवरण सार्वजनिक गरेका थिए ।
तपाईको प्रतिक्रिया