भ्रष्टाचार जस्तो अनैतिक हर्कत हामी गर्न सक्दैनौंः प्रधानमन्त्री ओली

समाधान संवाददाता
प्रधानमन्त्री केपी ओलीले आफूहरुले बुढी गण्डकी आयोजनामा भ्रष्टाचार नगरेको दावी गरेका छन् ।
डा. बावुराम भट्टराइको अभिब्यक्तिलाई ओलीले खण्डन गर्दै त्यस्तो अनैतिक कार्य आफूल नगरेको प्रष्टाएका छन् ।
डा. बावुराम भट्टराइले बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको भन्ने अभिव्यक्ति दिएपछि ओलीले यस्तो बताएका हुन् ।
६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘हामि त्यस्तो गैह्रम्मिेजार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ।’
आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको दाबी गर्दै ओलिले भट्टराईप्रति संकेत गर्दै भने, ‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनें, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा बाँडेर खाए भन्ने गैह्रजिम्मेवारी अभिव्यक्ति निराधार छ ।’
तपाईको प्रतिक्रिया