अमेरिकामा प्रहरीकाे गाेलीबाट फेरि एक अश्वेत युवा मारिए, उग्र प्रदर्शन

एजेन्सी ।
प्रहरीको गोली लागेर अश्वेत व्यक्तिको मृत्यु भएपछि अमेरिकाको फिलाडेलफियामा तनाव जारी छ। ३ नाेभेम्बरमा राष्ट्रपति निर्बाचन हुन गैरहेकाे अमेरिकमा चुनाबकाे मुखैमा फेरि तनाव सुरु भएकाे छ ।
सोमबार प्रहरीको गोली लागेर २७ वर्षका अश्वेत व्यक्ति वाल्टिर वालासको मृत्यु भएको थियो। त्यसपछि आक्रोशित स्थानीय बासिन्दाले प्रदर्शन गरेका छन्।
प्रदर्शन बढ्दै गएपछि पेन्सिलभेनिया राज्यको सो शहरमा सुरक्षा तैनाथी बढाइएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
प्रहरी तथा नेशनल गार्डका सुरक्षाकर्मी त्यहाँ तैनाथ भएका हुन्। प्रहरी र प्रदर्शनकारीबिच भएको झडपमा ३० सुरक्षाकर्मी घाइते भएका छन्।
हातमा रहेको चक्कु छोड्न गरिएको आग्रह अस्वीकार गरेका कारण वाल्टरमाथि गोली चलाउनु परेको प्रहरी अधिकारीले दाबी गरेका छन्।
फिलाडेल्फियाका मेयर जिम केन्नीले सोमबार भएको गोलीकाण्डको भिडियोले कठीन प्रश्न उब्जाएको र त्यसको जवाफ खोजिनु पर्ने बताएका छन् ।
मेयरले यसबारे थप केही बताएनन्, तर तीव्र र पारदर्शी अनुसन्धान गरी वाल्टर, उनको परिवार, प्रहरी तथा फिलाडेल्फियालाई स्पष्ट जानकारी दिनु पर्ने बताए। घटनाको अनुसन्धान जारी रहेको छ।
मिनेसोटाको मिनियापोलसका जर्ज फ्लोइडको प्रहरी ज्यादतीका कारण निधन भएपछि अमेरिकाभर प्रदर्शन भएको थियो। सो बेला फिलाडेल्फियामा पनि प्रदर्शन भएको थियो र अहिले त्यहिँ अश्वेत व्यक्तिको निधनले त्यसलाई थप सघन बनाएको छ ।
तपाईको प्रतिक्रिया